Friday, 30 April 2010

kasaile sodhe by Nepathya Band

It's not a surprise that Nepathya Band always brings unique approach to Nepalese music world. The band is famous for mixing folk music into modern tune, which touches everyone's heart. I just luckily stumbled into the following song by Nepathya. It took me back to the real world, perhaps that is what music is about-
Then, hold your breathe and enjoy the Music.


Namaste -- With the Highlander Spirit--

Read more...

Thursday, 22 April 2010

तामसी दरबारमा सपनाको हत्या

खगेन्द्र संग्रौला

यसरी बल्खु दरबारको प्रांगणमा श्रमिकका सुन्दर सपनाको हत्या भयो । डिकेन्द्र्र राजवंशीका सुस्केरा र चित्कार एवं तिनका आँसु र रगतमाथि विश्वासघातको हदै कुरूप विम्बको रचना भयो । दैव ! त्यो दरबारमा माक्र्स-लेनिन र लाल झन्डाको बेपार अब कति दिन चल्ला ?

भर्खरै बल्खु दरबारको ननिको छायामुनि एउटा बीभत्स र विद्रूप दृश्य देखियो । पार्टीको नाम माक्र्सवादी-लेनिनवादी छँदै छ । र, पार्टीको स्रेस्तामा 'सर्वहारा' जनको मुक्तिको आदर्श पनि केरमेट भएको छैन । तर, त्यही पार्टीको मुख्यालयको पटांगिनीमा एक सर्वहाराले आत्महत्या गरेकाम गरिखाने इलम नपाएर, प्राण धान्ने चारो नपाएर, आङ ढाक्ने धरो नभएर र आशा, अभिलाषा एवं सपना सबै खरानी भएर । ती मरे नवधनाढ्य बल्खु दरबारबासीहरूको उग्र उपेक्षा र घोर अपमानले डसेर । ती सकिए आपनै भूपू कमरेडहरूका दुच्छर वचन र सन्तापकारी आघातले टोकिएर, चपाइएर र निलिएर । ती जो मरे, ती झापा विद्रोहका एक सोझा, निष्ठावान् र समर्पित जोदाहा थिए । ती जो सकिए, ती थिए सुखानीमा जीवन आहूति दिने वीरहरूका सहयात्री, तिनका आदर्शका उत्तराधिकारी, तिनका सपनाको फूलबारीका माली र तिनका अधुरा सपना पूरा गर्न बाँचेका एक त्यागी, कर्मठ, अथक र अविराम योद्धा । तिनको नाउँ डिकेन्द्र राजवंशी, उमेर ६५ ।

झापा विद्रोहको थालनीमा एमसी र आरके, सिपी र केपी डिकेन्द्रका साथी र सहयात्री थिए । तिनको साझा आदर्श वचन थियोकि सामूहिक मुक्ति कि उदात्त वीरगति । सुख-दुःख बराबरी तिनको अर्को पि्रय सूत्र थियो । र, सुखमा र दुःखमा, मिलनमा र वियोगमा, सहजकालमा र संकटकालमा तिनका हृदयका तारहरूमा झंकृत हुने गीत थियोवर्गीय समाजमा वर्गीय प्रेम नै चोखो र न्यानो हुन्छ । तिनको बागी चेतनाको झापाली झिल्को कोके र मालेमा झांगिँदै एमालेरूपी जम्बोरीमा रूपान्तरित हुन पुग्यो । पार्टीको यो एकतमासको विकास र विस्तारमा, जीवन-मरणको संघर्षका मोडमोडमा र घुम्तीघुम्तीमा डिकेन्द्रका पदचापहरूको प्रखर छाप छ । तर, अहिले एमसी र आरके, सिपी र केपीको शोषक वर्गमा कायाकल्प भएको छ । ती जेका विरुद्ध र जसका विरुद्ध लड्न कटिबद्ध भएका थिए, ती त्यसैमा र तिनैमा गएर थपक्क गाभिएका छन् । तिनका शिरमाथि लाल झन्डा छँदै छ । तिनका जिब्रामा माक्र्सवाद-लेनिनवादको रटना यथावत् छ । तिनको दैनिक कर्मकाण्डमा श्रमिक जनगणको मुक्तिको राग अलाप्ने धन्दा पनि ज्युँका त्युँ छ । उसो त क्रान्ति, परिवर्तन र न्याय भन्न तिनले अझै बिर्सेका छैनन् । तर, ती चिन्तनमा, सामाजिक सम्बन्धमा र जीवनशैलीमा नवधनाढ्य सामन्तमा सग्लै र सिंगै फेरिएका छन् । तिनले श्रमिकजनको मुक्तिको सिद्धान्त छाडे र सँगसँगै छाडिए डिकेन्द्र राजवंशीहरू । तिनले सादा जीवन उच्च विचारको आदर्श परित्याग गरे र सँगसँगै परित्यक्त भए डिकेन्द्र राजवंशीहरू । तिनले सामूहिक हितको संकल्पलाई लत्याए र सँगसँगै लत्याइए डिकेन्द्र राजवंशीहरू । ती मालिक बने र तिनका याचक बन्न अभिशप्त भए डिकेन्द्र राजवंशीहरू । र, यी मालिकहरूका सामु लत्रिएर गरिखाने सानो इलम माग्दा त्यति नाथे पनि नपाएर घोर अपमान, चरम निराशा र उग्र हताशाको व्याकुल मनोदशामा डिकेन्द्रले मालिकहरूकै पटांगिनीमा पासो लागेर जीवन बिसाए । आरुको बोटमा झुन्डिएको तिनको चिसो शवले मानौँ तिनलाई कुरीकुरी गर्दै भनिरहेथ्योगिर खेल्न आपनै कमरेडहरूका शिरमाथि उभिएका नवोदित मालिकहरू हो ! मेरो यो विद्रूप दशाको ऐनामा आपना कुरूप अनुहारहरू हेर ।

वैचारिक र नैतिक क्षयीकरणको अधोमुखी यात्रामा पार्टीको रूप दिनानुदिन विरूप हुँदै गयो । पार्टीमा श्रमिक छुट्यो, कामचोर बाँकी रह्यो । समूह छुट्यो, व्यक्ति बाँकी रह्यो । त्याग छुट्यो, भोग बाँकी रह्यो । जसरी, जे गरेर, जताबाट हुन्छ र जे-जे भजाएर हुन्छ, दौलत थुपार्ने र स्वयंलाई पोस्ने धन्दा प्राथमिक बन्यो । सुखानीको जाज्वल्यमान विम्ब भजाइयो र खाइयो । छिन्ताङगाथा भजाइयो र खाइयो । पिस्करको प्रतीकलाई दाउमा राखियो र खाइयो । माक्र्सदेखि माओ र पुष्पलालदेखि मदनसम्मका कीर्तिगाथाहरूलाई निचोरेर उपयोगको अन्तिम थोपोसम्म उपभोग गरियो । पजेरोदेखि महाकाली सन्धिसम्मका वितृष्णाकारी कथाहरूको शृंखला त सम्भदैमा दिगमिग लाग्ने कुरा हुँदै हुन् । व्यक्तिवाद र भोगवादका उपासकहरूद्वारा पार्टी-कार्यकर्ता र मतदाताहरू फगत सत्तारोहण गर्न माथि उक्लिने भर्‍याङ बनाइए । र, हिजोका कमरेड डिकेन्द्र पनि तिनका भर्‍याङ बन्न श्रापित बने । माथिका ठालुहरूले राजधानीमा बिल्डिङ ठड्याए, तलका डिकेन्द्रहरू नीलो आकाशको छानोको शरण परे । माथिकाहरूले दामी वाहन जोडे, तलका डिकेन्द्रहरू खाली खुट्टा हिँड्न विवश भए । माथिकाहरूलाई यतै मालामाल, उतै फालाफल भयो, तलका डिकेन्द्रहरू झनै कंगाल हुँदै गए । केही दर्जन टाठाबाठा र चतुर मुखिया एवं केही सुब्बाहरू पार्टीका एकाधिकारी स्वामी बने र बाँकी जन बने तिनका प्यादा र गोटीहरू । जनवाद आउला र सुख-समृद्धि मौलाउला भन्ने कत्रो आशा थियो ! त्यसैले त पार्टीको झोला बोकेर कुद्दाकुद्दै डिकेन्द्रहरूले जो भएको चार पैसाको जेथो पनि गुमाए । उता पार्टीका ठूला भनिने ठालुहरू अहोरात्र र सर्वत्र दुई हातले सोहोरेर सेठ बन्दै गए । र, सम्पत्ति, सुख र सुरक्षाजति माथिकाहरूका भागमा पर्‍यो र तलका डिकेन्द्रहरूका भागमा बाँकी रह्यो केवल आत्महत्या !

जहानियाँ राणाकालमा सडकमा घोडामा वा बग्गीमा श्री ३ को सवारी हुन्थ्यो । र, प्रभुलाई रिझाएर केही बन्न र केही पाउन प्रजाहरू जयजयकार गर्दै तिनका पछिपछि कुद्थे । शाहकालमा आलोपालो गरी विकास क्षेत्रमा राजाको सवारी हुन्थ्यो । र, आप\mनो चाकरी गराउन प्रजाहरूलाई लस्करै उभ्याइन्थ्योे । डिकेन्द्र्र त्यो कुप्रथालाई मासेर आप\mनो शासक आपै"m रोज्ने र स्वतन्त्र एवं स्वामिभानी नागरिक बन्ने प्रथा ल्याउन संग्राममा होमिएका थिए । तर, कुरा घुमीफिरी उही रुम्जाटार हुन गयो । डिकेन्द्रका लागि राणा र शाह शासकहरूको ठाउँ आप\mनै पुराना कमरेडहरूले लिए । चाकरी गराउने ठाउँमा ती खडा भए र डिकेन्द्र्रहरू तिनको चाकरी गर्न विवश भए । राज्य तिनको मौजातुल्य बन्यो र डिकेन्द्र्रहरू तिनका हरुवाचरुवा बन्न अभिशप्त भए ।

केपी शर्मा ओली र भीम रावलको व्यवहारमा दम्भी र निरंकुश राणा र शाह शासकहरूको झझल्को आउँछ । डिकेन्द्र्र छोरालाई इलम माग्न दुई महिनादेखि काठमाडौंमा बसेका थिए । तिनको नित्य दिनचर्या थियो नेताहरूका महलमा धाउनु, तिनका द्वारबाहिर घन्टौँसम्म कुर्नु र तीसँग सानो जागिरका लागि दुःखपुकारा गर्नु । नवधनाढ्य स्वामित् केपी शर्मा ओलीले डिकेन्द्र्रका छोरालाई घरेलु नोकर राखिदिने अति कृपापूर्ण वचन प्रदान गरेछन् । र, पुराना कमरेडको यो सामन्ती दम्भ डिकेन्द्र्रको आत्मालाई रेट्ने विषाक्त करौँती बनेछ । उता बन्दुके काजी भनीकन खुबै कहलिएका भीम रावलले 'तिमीलाई दिन मेरा खल्तीमा छ र जागिर' भनेर डिकेन्द्र्रको गर्नुसम्म मानमर्दन गरेछन् । जसलाई आदर्श कमरेड ठानिएको थियो, तिनका अनुहारमा सामन्ती ठालु देखियो । दुःखमा जसले मीठा बात र सहयोगको हात देला भन्ने आशा राखिएको थियो, तिनबाट केवल दुर्वाच्य र ठेस प्राप्त भयो । डिकेन्द्र्र राजवंशी आहत भए । तिनको जीवनमा औँसीको अन्धकार व्याप्त भयो । र, कथित कम्निस्ट पार्टीका कथित नेता कमरेडहरूलाई झिझ्याटबाट मुक्त गरी अमनचैन प्रदान गर्न तिनले आपनै गलामा पासो लगाए ।

यसरी बल्खु दरबारको प्रांगणमा श्रमिकका सुन्दर सपनाको हत्या भयो । तिनको मुक्तिको पि्रय आदर्शको हत्या भयो । र, डिकेन्द्र्र राजवंशीका सुस्केरा र चित्कार एवं तिनका आँसु र रगतमाथि विश्वासघातको हदै कुरूप विम्बको रचना भयो ।

दैव ! त्यो दरबारमा माक्र्स-लेनिन र लाल झन्डाको बेपार अब कति दिन चल्ला ?

Read more...

Sunday, 18 April 2010







Read more...

Grand NEW YEAR Celebration in Goettingen, Germany










Nepalese students living in Goettingen, Kassel, Witzenhaussen, Hannover and SV celebrated Nepalese New Year in Goettingen, Germany in grand manner! It was perfect blend of delicious foods, nepalese culture and music! We are very thankful to all the participants from Kassel, Hannover and SV. The perfect management from Dev Raj Gautam, Bishnu Bhandari, Soma Rana and others really praiseworthy. We all are thanful to them! Read more...

Thursday, 15 April 2010

Nepali youngster made Solar Car



This is the short documentary prepared by motherland Nepal, California, the USA Read more...

Monday, 12 April 2010

HAPPY NEW YEAR 2067 B.S.

Read more...

Saturday, 10 April 2010

Friday, 9 April 2010

Happy Birthdays to GoNeS kids

Eventhough late posting, here are some unedited video clips of the birthday programme organised to celebrate the birthday of Cizal Gautam (19March) and Ravi Raman K.c. (3rd April).




Read more...

Sunday, 4 April 2010

Goettingeli Nepalese Society (GoNeS) paid tribute to late Girija P Koirala







Read more...

Tribute to Late Girija Prasad Koirala

As this small candle, his effort and merits spread light and wisdom to all, and break darkness to the country
As mother and motherland are above all, our motto of GöNeS, fits to his whole life!
We salute Late GP Koirala for his untiring efforts to establish Democracy in Nepal..
You will be remembered for years.......
Participants of the programme
Mr. Dev Raj Gautam provided a nice presentation about the political career and contribution of Late GP Koirala to Nepal.
All the members of GöNeS participated in the programme!
Small room was full of participants...
Mr. Netra Bhandari gave a start up speech and food of thoughts for the programme!

On 30 March, Goettingeli Nepalese Society (GoNeS) organised a condolence meeting to pay tribute to historical leader of Nepal, who fought for the democracy and people rights throughout his life. He spent all his life fighting against Rana autocrat and Monarch's Oligocrat. He became prime minister for record five times in Nepal. He will be remembered for establishing democracy and safe landing Maoist guerilla war. Due to his determination and involvement, the 250 years long Monarchism has ended peacefully.
GoNeS, irrespective of his political ideology, organised this condolence programme to pay a deep tribute to the freedom fighter and historical leader of Nepal.
May God provide peace to his eternal soul! And, enough courage and wisdom to our remaining political leaders to establish peace and progress, democratic and develop country! Read more...