Saturday, 9 January 2010

Many Many Happy Returns of the Day Cizita






We celebrated the happy birthday of our beloved daughter Cizita Gautam on 6th January, 2010 at their apartment, Albrecht Thaer Weg, Goettingen, Germany. It was her seventh birthday. All her friends from Africa to Asia, her parents and brother and uncles & aunties participated the programme. All of the wished for her good health, prosperous life and glowing future!

Cizita is a very beautiful daughter. She studies in Class 1(a) at Bruder Grimm School, Goettingen, Germany! As she is very beautiful, she is very desciplined. She is very labourious girl full of courage and confidents. She is perfect in singing, dancing and drawing. I am very much impressed with her innocency, outspoken characteristics and friendliness with other children. She has well taught preliminary nepalese language to many other African children.

We wish all the successes and prosperous future in the occasion of happy birthday. HAPPY BIRTHDAY to lovely daughter CIZITA and many congratulations to her parents and brother!
Read more...

नेपाल मेरा देश, मेरी आँख् का तारा

By कवि अब्दुल लतिफ शोफ

Source: Himal Khabar Patrika


नेपाल मेरा आँख् का तारा
नेपाल मेरा देश, मेरी आँख् का तारा
सौ जान से प्यारा मेरी सौ जान से प्यारा

अल्लाहने कुदरत की अजब शान दिखादी
दामन मे हिमाला कि यी फैली हर्ुइ वादी
जन्नत कि कोई शै है जिसे लाके बिछादी

नजरो के उडें होश यहाँ वह है नजारा
नेपाल मेरा देश, मेरी आँख् का तारा

क्या चीज है यी दशतो जवल नदिया व नाले
जंगल कि फजावों मे भी महके गुलोलाले
शायर न इनहे क्या भला अशआर मे ढाले

कायम है इन्ही से यहाँ अजमतका मिनारा
नेपाल मेरा देश, मेरी आँख् का तारा

देति है सदा गुल की लचकती हर्ुइ डाली
क्या खुब है क्या खुब यी गुराँस की लाली
इस देश मे जो शै है उ है देख्ने वाली

जुम्लाकी चटानें हो या कर्ण्ााली की धारा
नेपाल मेरा देश, मेरी आँख् का तारा

इस वक्त यहाँ क्या है नजर किस की गडी है
राहत कि हरेक चिज बिखडी पडी है
दिल सब के धडक्ते है, मगर कर्व बडी है

उल्झन मे फंसा है यी जिगर सोज का मारो
नेपाल मेरा देश, मेरी आँख् का तारा

यह चिख यह आवाजे फोगाँ स्वर सरावे
यह बम कि गरज, गोलियाँ यह खुन खराबे
दिखते है सभि र्सर्ुख हो गाँजर या दोआबे

बदला है किस अंदाज से धरती का नजारा
नेपाल मेरा देश, मेरी आँख् का तारा

जब शहर मे दहशत हो तो अच्छा नही लगता
आपस मे बगावत हो तो अच्छा नही लगता
नीलाम शराफत हो तो अच्छा नही लगता

बदनाम न हो जाये कही नाम हमारा
नेपाल मेरा देश, मेरी आँख् का तारा

नफरत कि भडक्ती हर्ुइ लौ मे नजलो अब
यह आग का जो खेल है उ बंद करो अब
हो देश के और देश बनाने मे लगो अब

हर लम्हा यह आवाज लगाता है धररा
नेपाल मेरा देश, मेरी आँख् का तारा

अब गीत यहाँ अम्न के तुम गाव तो अच्छा

अब एक हि मकसद मे सिमटआव तो अच्छा
नेपाली हो नेपाल के बन जाव तो अच्छा

चम्कादो यहाँ प्यार व मोहब्वत का सितारा
नेपाल मेरा देश, मेरी आँख् का तारा

ऐ शोक बस अब आन बचालो तो बडी बात
गिर्ती हर्ुइ हालतको समालो तो बडी बात
तुम देशका आईन बनालो तो बडी बात

हो जायगा दुनियाँ मे वडा नाम तुम्हारा
नेपाल मेरा देश, मेरी आँख् का तारा
सौ जान से प्यारा मेरी सौ जान से प्यारा

Read more...

Friday, 8 January 2010

Ph.D. Graduation in Georg-August University; Goettingen

Just to remember some beautiful past !

Read more...

Royal palace at Kathmandu

Just to remind you how beautiful is Kathmandu !

Read more...

Thursday, 7 January 2010

Angermunde Carnival

Read more...

Tuesday, 5 January 2010

यस्तो डाक्टर पो डाक्टर

By Rabindra Mishra
Source: Kantipur Daily (05.01.2010)

यो स्तम्भ लेख्दासम्म काठमाडौंको वीर अस्पतालका आवासीय डाक्टरहरूले प्रतक्ष्य रूपमा मान्छेको जीवन-मरणसँग गाँसिएको अस्पतालको आकस्मिक सेवा बन्द गरेको कैयौं दिन भइसकेको छ । त्यसअघि देशभरका डाक्टरहरूले आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्यसेवा बन्द गर्दा दसौं हजार बिरामीहरूले दुःख पाए । डाक्टरहरूले यसरी स्वास्थ्यसेवा ठप्प पारेका यी पहिला घटानहरू होइनन् । यो स्तम्भचाहिँ मूलरूपमा डाक्टरहरूको देशव्यापी हडतालको प्रसंगसँग जोडिएको छ । नेपाल चिकित्सक संघका अनुसार, गत एक वर्षमा मात्रै झन्डै ५० पटक स्वास्थ्यकर्मी र संस्थामा आक्रमण भइसकेको छ । डाक्टरहरूको पछिल्लो देशव्यापी हडताल खासगरी स्वास्थ्यकर्मीहरूको सुरक्षासँग सम्बन्धित छ । त्यसको साथमा उनीहरूलाई सरकारले पर्याप्त सरसुविधाको व्यवस्था नगरिदिँदा डाक्टरहरूको विदेश पलायनबाट देशको स्वास्थ्यसेवामा पर्नसक्ने नकारात्मक असरबारे पनि गम्भीर चिन्ता लागेको छ । सोही चिन्ताका कारण उनीहरूले स्वास्थ्यकर्मीहरूको सुरक्षाका अलावा उनीहरूको नियुक्तिमा पदीयस्तर वृद्धि, पाँच प्रतिशत स्वास्थ्यसेवा शुल्क खारेजी अनि निश्चित सेवा अवधि पूरा गरेका डाक्टरलाई एउटा सवारी साधन खरिद गर्दा लाग्ने शुल्कमा छुट दिनुपर्ने माग पनि गरेका छन् । मानेलिउँ, त्यति गरेपछि डाक्टरहरू विदेश पलायन हुँदैनन् या कम हुन्छन् ।
डाक्टरहरूको सुरक्षाको माग अत्यन्त जायज छ भन्नेमा कुनै शंका छैन । उनीहरूको सुरक्षाका लागि सरकार र समुदायले सकेको गर्नैपर्छ । तर डाक्टरहरूको अन्य मागहरूबारे पर्याप्त बहस गर्ने ठाउँ छ । मागै-मागको भारीले थिचिएर घसि्ररहेको सरकारसमक्ष पढेलेखेका र तुलनात्मक रूपमा चेतनशील ठानिने डाक्टरहरूले अत्यावश्यकीय सेवामा बन्द-हडताल गर्न नपाउने कानुन तोड्दै बन्द गर्न हुन्थ्यो कि हुन्थेन, त्यो उनीहरूले बुझ्ने कुरा थियो । तर अफसोच, तिनले बुझेनन् । त्यस्ता डाक्टरहरूलाई तुलनात्मक रूपमा कम शिक्षित र कम चेतनशील यातायात व्यवसायी या राजनीतिक दलका कार्यकर्ताहरूले बन्द-हडताल गर्दा गुनासो गर्न कत्ति पनि नैतिक अधिकार छैन । हडतालकारी डाक्टरहरूले डाक्टर हुनुको नैतिक धरातल पूर्णरूपमा गुमाउँदै गइरहेका छन् । तिनले आफूलाई देशका विवेकहीन अन्य हडतालकारीको तहमा झारेका छन् । त्यस्ता डाक्टरहरूलाई डाक्टर भनेर श्रद्धा गर्न पनि नसकिने अवस्था आइसकेको छ ।
डाक्टरहरूले हडताल गरेको साँझ लागिरहेको थियो, यो देशमा हडतालको प्रचलन यति व्यापक भइसक्दा पनि हडताल गर्नेहरूकै समूहभित्रबाट कहिले कसैले 'ए हडताल त गरियो, हाम्रो पनि त यस्ता-यस्ता नैतिक दायित्व हुन्छ नि' भनेर बोलेको या लेखेको थाहा भएन । त्यसरी बोल्दा या लेख्दा सबै सहधर्मीहरू चिढिन्छन् अनि भोलि आफैंलाई पर्दा सहयोग गर्न कोही पनि नहुन सक्छ भन्ने भयका कारण पनि सबै तैं चुप, मै चुप भएका हुनुपर्छ । त्यसैले लाग्यो, कैयौं डाक्टरहरूलाई गरिब बिरामीका आँसुले पोले पनि उनीहरू मौन बसेका हुनुपर्छ । तर भोलिपल्ट बिहान नागरिक दैनिकमा पत्रकार मित्र गुणराज लुइँटेलद्वारा लिखित 'डा. पाण्डेको प्रेसक्रिप्सन' शीर्षकको एउटा संक्षिप्त समाचारले भने मन नै फुरुंग बनाइदियो । लाग्यो, वास्तविक र सार्वजनिक हित हुने पत्रकारिता भनेको त यो पो हो त । आफू कार्यरत बीबीसी नेपाली सेवा लगायत अधिकांश सञ्चारमाध्यमहरूले हडतालकारीको भनाइ के छ र बिरामीहरूले कति दुःख पाए भनेरमात्र समाचार सम्प्रेषण गरेकोमा लुइँटेलले चाहिँ बिरामी र डाक्टरहरूबीचको तिक्ततालाई कम गर्न के गर्न सकिन्छ होला भनेर एकजना वरिष्ठ र साथै इमानदार र आदर्श डा. चक्रराज पाण्डेका विचारहरू सम्प्रेषण गरेका रहेछन् । सबभन्दा पहिले पाण्डेका केही विचारहरूलाई उद्धृत गरौं ः
-विरामीको मृत्यु भएपछि परिवारका सदस्य रोइरहेको देख्दा समवेदनशील अवस्थालाई ध्यानमा राखेर शुल्क फिर्ता गरिदिन्छु । ...हाम्रा दाजुभाइले घरबाट १० हजार ल्याएर मृत्यु भइसकेका सदस्यका लागि शुल्क तिर्दा मनमा थप चोट पर्न स्वाभाविक हो ।
- विरामीको उपचारको क्रममा पहिलो शल्यक्रिया सफल नभएर दोस्रो गर्नुपर्‍यो भने म पुनः शुल्क लिन्न । -यो अभियानलाई मैले आफ्नै लोभ विरुद्धको लडाइँको संज्ञा दिएको छु ।
-म राति १२ बजे पनि खबर पाउनासाथ अस्पताल पुग्छु ।
-उपचार मानवताका लागि गर्ने हो, मैले उपचार गरेका दस जनामध्ये पाँच जनाले शुल्क तिरेनन् भने पनि म भोकै पर्दिन ।
आफ्ना मागहरू पूरा गराउन सम्पूर्ण पेसाकर्मीहरू आन्दोलनमा उत्रिरहेका बेला एकजना प्रतिष्ठित डाक्टरले सार्वजनिक रूपमा त्यस्ता विचारहरू व्यक्त गरेपछि उनका धेरै सहधर्मीहरूले 'खुब आदर्शवादी भएको' भनेर उनीप्रति व्यंग्य गरे होलान् । तर यो समाजमा डा. पाण्डेजस्ता आदर्श व्यक्तिहरू नभई भएको छैन र यस्ता व्यक्तिहरूलाई हामीजस्ता सञ्चारकर्मीहरूले प्रकाशमा नल्याई भएको छैन । निसन्देह रूपमा डा. पाण्डेका विचारहरूले धेरै अरू डाक्टरहरूलाई, डाक्टर हुनुको आदर्श र जिम्मेवारीबोध गराउन मद्दत पुर्‍याउँछ ।
विभिन्न माग राखेर हडताल गर्न कतिपय डाक्टरहरूले एसएलसी प्रथम श्रेणीमा पास गरेपछि अब के पढ्ने भनेर आफन्तहरूले सोद्धा, 'डाक्टर बनेर गरिब र दुःखीहरूको सेवा गर्ने' भनेका हुनुपर्छ र टेलिभिजनका अन्तर्वार्ताहरूमा पनि हामी धेरैले डाक्टर बन्ने आकांक्षा भएका किशोर-किशोरीहरूले त्यसो भनेका सुनेकै छौं । हरेक पेसाको आ-आफ्नो पेसागत आदर्श हुन्छन् । स्वाभिमानका साथ बाँच्ने र काम गर्ने हो भने पेसागत आदर्शहरूको पालना गर्नैपर्छ । नेपालजस्तो गरिबै-गरिबीले भरिएको देशमा डा. चक्रराज पाण्डेले प्रेस्क्राइब गरेजति न्यूनतम आदर्श पनि अनुशरण गर्ने आँट छैन भने त्यस्ता डाक्टरहरू डाक्टर नै नबनेको वेश । तिनको गरिब नेपालीहरूलाई कुनै काम छैन । ती जहाँ-जहाँ जानपर्छ, गए हुन्छ । हो, खासगरी नयाँ डाक्टरहरूलाई गाह्रो छ, त्यसमा कुनै शंका छैन । तर यो देशमा अधिकांश पेसाकर्मीलाई डाक्टरहरूलाई भन्दा धेरै गाह्रो छ । देश नै दुःखी भएपछि देशभित्रका जनता सबैले दुःख त पाउने नै भए, जसमा हामी सबै पछौर्ं । पत्रकारकै कुरा गर्ने हो भने कैयौं पत्रकारहरू कुटिएका मात्र छैनन्, मारिएकै छन् । उनीहरूको स्थिति डाक्टरहरूको भन्दा धेरै नाजुक छ । के अब उनीहरूले पनि देशभरिका प्रकाशन र प्रसारणहरू बन्द गरिदिने ? हामीजति पढेलेखेका र जानेबुझेकाहरूले पनि बन्दबाहेक माग पूरा गराउने अर्को विकल्पै छैन । बन्द गर्न हाम्रो रहर होइन, बाध्यता हो भन्न थाल्यौं भने स्पष्ट छ, यो देशमा बन्द, हडताल, हिंसा र द्वन्द्वको शृङखला कहिल्यै अन्त्य हुने छैन । बीबीसी नेपाल सेवाका अन्तर्वार्ताकार जितेन्द्र राउतलाई नेपाल चिकित्सक संघका अध्यक्ष डा. केदारनरसिंह केसीले हडतालको औचित्य दर्शाउने प्रयास गर्दै 'हामी उपचारको सिलसिलामा गइरहेको चिकित्सकको गाडी तोडिन्छ, फोरिन्छ, चिकित्सकलाई कुटपिट गरिन्छ, त्योचाहिँ समवेदशील होइन ?' भनेर प्रतिप्रश्न गरे । उनले औंल्याएका बुँदाहरू समवेदशील होइन भनेर कहाँ कसले भन्यो ? तर त्यस्ता परिस्थितिलाई आधार मान्ने हो भने यो देशमा सबै भनेजसो पेसाका मानिसहरूले वर्षको ३६५ दिन नै देशभर बन्द र हडताल गरिदिए हुन्छ । किनभने यहाँ उनीहरूले डाक्टरहरूको जस्तै या त्योभन्दा नराम्रो नियति भोगेका छन् । के त्यसो गर्न ठीक होला ? चिकित्साजस्तो प्रत्यक्ष रूपमा मानवता र नैतिकतासँग गाँसिएको पेसा अँगालेको एकजना डाक्टरलाई त्यसप्रकारको तर्क गर्न अप्ठेरो लाग्नुपर्ने हो ।
जहाँसम्म डाक्टरहरूको विदेश पलायनको कुरा छ, पाएसम्म सबैले विदेश जानुपर्छ, पढ्नुपर्छ, सिक्नुपर्छ, सकेदेखि अलिकति कमाउनपर्छ । तर नेपालजस्तो देशबाट डाक्टर बनेर डाक्टर हुनाको आदर्शको पालना गर्ने हो भने सकभर नेपाल नै फर्किनुपर्छ । होइन भने बाहिरै बसेर पनि थोरै तर अत्यन्त श्रद्धेय कतिपय नेपाली डाक्टरहरूले जस्तै नेपाललाई विभिन्न ढंगबाट सहयोग पुर्‍याइरहनुपर्छ । चिकित्साजस्तो प्रत्यक्ष रूपमा गरिबको पीडा र आँसुसँग जोडिएको पेसामा प्रवेश गरेर पैसैमात्र कमाउने, सुविधैमात्र खोज्ने आकांक्षा राख्ने हो भने त्यस्ता डाक्टरहरू धनी देशतिरै पलायन भएको वेश । गरिब बिरामीको पीडाले नदुख्ने र आँसुले द्रवित नहुने मुटु छ भने तिनीहरूको नेपाल बसाइ, अस्पतालको चिसो छिँडीमा रात बिताउन बाध्य विपन्न नेपालीहरूप्रतिको व्यंग्यमात्र हुनेछ ।
आफ्ना सारा सहधर्मीहरू हडतालमा उत्रिएका बेला डा. पाण्डेले जे भने त्यसले अरू हडतालकारी समूहरूभित्र रहेका आदर्श र आत्ममूल्यांकनमा विश्वास गर्ने इमानदार नागरिकहरूलाई पनि सरकारसँग केही माग्दा आफ्नो दायित्वचाहिँ पूरा गरिएको छ कि छैन भनेर सार्वजनिक रूपमा प्रश्न गर्न आँट र साहस प्रदान गर्नेछ भन्ने आशा गर्न सकिन्छ । शिक्षकहरूले हडताल गर्दा शिक्षकहरू भित्रैबाट, पत्रकारहरूले विरोध गर्दा पत्रकारहरू भित्रैबाट, कर्मचारीले बन्द गर्दा कर्मचारीहरू भित्रैबाट र त्यसैगरी माओवादी या अन्य जातिगत, क्षेत्रगत समूहहरूबाट हिंसात्मक प्रदर्शनहरू हुँदा, उनीहरू भित्रैबाट आ-आफ्ना दायित्वहरू पनि पूरा गरिएका छन् कि छैनन् भन्ने प्रश्न गरिन थाल्यो भने सम्भवतः मनपरी हुने बन्द-हडतालमा पनि स्वतः कमी आउनेछ । आउने दिनहरूमा हेरौं, डा. पाण्डेको जस्तो आँट भएका पेसाकर्मीहरू कति निस्किँदा रहेछन् ।
अन्त्यमा, यो स्तम्भकारले धेरै राम्रा र आदर्श डाक्टरहरू भेटेको छ या त्यस्ता डाक्टरहरूको बारेमा सुनेको छ । ती सबैको यहाँ चर्चा गर्न सम्भव हुँदैन । तर हामीजस्ता सञ्चारकर्मीहरूको आँखा नपुगेका अझ कति धेरै डाक्टरहरू होलान्, जसले डा. पाण्डेले जस्तै आफ्नै 'लोभ विरुद्धको लडाइँ' लडिरेहका होलान् । ती अनगिन्ती अज्ञात डाक्टरहरूप्रति सबै नेपालीहरू नतमस्तक हुनुपर्छ । आशा गरौं, लोभ विरुद्धको लडाइँ लड्ने त्यस्ता डाक्टरहरूको चेतनाले डाक्टरहरूलाई मात्र होइन, अन्य पेसाकर्मीहरूलाई पनि कठिन घडीहरूमा सार्वजनिक रूपमै आत्ममूल्यांकन गर्न प्रेरित गर्नेछ ।
If someone want to contact the writer Email is rabindra.helpnepal@gmail.com
Read more...

Monday, 4 January 2010

Winter in Goettingen, Germany



Read more...

Sunday, 3 January 2010

Some more pictures with snows in Goettingen

The snowfall is continued since 31 December 2009. The beginning new year 2010 is very cold and also panoramic with white snow in Goettingen. Here are some more photographs with snow in Goettingen. It is a very good time and opportunity to experience snow and ice game! Read more...

Snowfall in Goettingen, Germany


These are few photos that we took today at the stadium of University of Goettingen! The snowfall in this winter was the coldest among four winters that I personally experienced in Goettingen since 2006! Read more...

Friday, 1 January 2010

GöNeS celebrates NEW YEAR




As a long traditional of GöNeS (Goettingeli Nepalese Society), Germany, we celebrated NEW YEAR -2010 in grand maneur at Hermann Rein strasse at Goettingen. Read more...

HAMI NEPALI; HAMRO NEPAL

Read more...

Happy New Year 2010







Read more...