यसरी बल्खु दरबारको प्रांगणमा श्रमिकका सुन्दर सपनाको हत्या भयो । डिकेन्द्र्र राजवंशीका सुस्केरा र चित्कार एवं तिनका आँसु र रगतमाथि विश्वासघातको हदै कुरूप विम्बको रचना भयो । दैव ! त्यो दरबारमा माक्र्स-लेनिन र लाल झन्डाको बेपार अब कति दिन चल्ला ?
भर्खरै बल्खु दरबारको ननिको छायामुनि एउटा बीभत्स र विद्रूप दृश्य देखियो । पार्टीको नाम माक्र्सवादी-लेनिनवादी छँदै छ । र, पार्टीको स्रेस्तामा 'सर्वहारा' जनको मुक्तिको आदर्श पनि केरमेट भएको छैन । तर, त्यही पार्टीको मुख्यालयको पटांगिनीमा एक सर्वहाराले आत्महत्या गरे≤ काम गरिखाने इलम नपाएर, प्राण धान्ने चारो नपाएर, आङ ढाक्ने धरो नभएर र आशा, अभिलाषा एवं सपना सबै खरानी भएर । ती मरे नवधनाढ्य बल्खु दरबारबासीहरूको उग्र उपेक्षा र घोर अपमानले डसेर । ती सकिए आपनै भूपू कमरेडहरूका दुच्छर वचन र सन्तापकारी आघातले टोकिएर, चपाइएर र निलिएर । ती जो मरे, ती झापा विद्रोहका एक सोझा, निष्ठावान् र समर्पित जोदाहा थिए । ती जो सकिए, ती थिए सुखानीमा जीवन आहूति दिने वीरहरूका सहयात्री, तिनका आदर्शका उत्तराधिकारी, तिनका सपनाको फूलबारीका माली र तिनका अधुरा सपना पूरा गर्न बाँचेका एक त्यागी, कर्मठ, अथक र अविराम योद्धा । तिनको नाउँ डिकेन्द्र राजवंशी, उमेर ६५ । झापा विद्रोहको थालनीमा एमसी र आरके, सिपी र केपी डिकेन्द्रका साथी र सहयात्री थिए । तिनको साझा आदर्श वचन थियो— कि सामूहिक मुक्ति कि उदात्त वीरगति । सुख-दुःख बराबरी तिनको अर्को पि्रय सूत्र थियो । र, सुखमा र दुःखमा, मिलनमा र वियोगमा, सहजकालमा र संकटकालमा तिनका हृदयका तारहरूमा झंकृत हुने गीत थियो— वर्गीय समाजमा वर्गीय प्रेम नै चोखो र न्यानो हुन्छ । तिनको बागी चेतनाको झापाली झिल्को कोके र मालेमा झांगिँदै एमालेरूपी जम्बोरीमा रूपान्तरित हुन पुग्यो । पार्टीको यो एकतमासको विकास र विस्तारमा, जीवन-मरणको संघर्षका मोडमोडमा र घुम्तीघुम्तीमा डिकेन्द्रका पदचापहरूको प्रखर छाप छ । तर, अहिले एमसी र आरके, सिपी र केपीको शोषक वर्गमा कायाकल्प भएको छ । ती जेका विरुद्ध र जसका विरुद्ध लड्न कटिबद्ध भएका थिए, ती त्यसैमा र तिनैमा गएर थपक्क गाभिएका छन् । तिनका शिरमाथि लाल झन्डा छँदै छ । तिनका जिब्रामा माक्र्सवाद-लेनिनवादको रटना यथावत् छ । तिनको दैनिक कर्मकाण्डमा श्रमिक जनगणको मुक्तिको राग अलाप्ने धन्दा पनि ज्युँका त्युँ छ । उसो त क्रान्ति, परिवर्तन र न्याय भन्न तिनले अझै बिर्सेका छैनन् । तर, ती चिन्तनमा, सामाजिक सम्बन्धमा र जीवनशैलीमा नवधनाढ्य सामन्तमा सग्लै र सिंगै फेरिएका छन् । तिनले श्रमिकजनको मुक्तिको सिद्धान्त छाडे र सँगसँगै छाडिए डिकेन्द्र राजवंशीहरू । तिनले सादा जीवन उच्च विचारको आदर्श परित्याग गरे र सँगसँगै परित्यक्त भए डिकेन्द्र राजवंशीहरू । तिनले सामूहिक हितको संकल्पलाई लत्याए र सँगसँगै लत्याइए डिकेन्द्र राजवंशीहरू । ती मालिक बने र तिनका याचक बन्न अभिशप्त भए डिकेन्द्र राजवंशीहरू । र, यी मालिकहरूका सामु लत्रिएर गरिखाने सानो इलम माग्दा त्यति नाथे पनि नपाएर घोर अपमान, चरम निराशा र उग्र हताशाको व्याकुल मनोदशामा डिकेन्द्रले मालिकहरूकै पटांगिनीमा पासो लागेर जीवन बिसाए । आरुको बोटमा झुन्डिएको तिनको चिसो शवले मानौँ तिनलाई कुरीकुरी गर्दै भनिरहेथ्यो— गिर खेल्न आपनै कमरेडहरूका शिरमाथि उभिएका नवोदित मालिकहरू हो ! मेरो यो विद्रूप दशाको ऐनामा आपना कुरूप अनुहारहरू हेर । वैचारिक र नैतिक क्षयीकरणको अधोमुखी यात्रामा पार्टीको रूप दिनानुदिन विरूप हुँदै गयो । पार्टीमा श्रमिक छुट्यो, कामचोर बाँकी रह्यो । समूह छुट्यो, व्यक्ति बाँकी रह्यो । त्याग छुट्यो, भोग बाँकी रह्यो । जसरी, जे गरेर, जताबाट हुन्छ र जे-जे भजाएर हुन्छ, दौलत थुपार्ने र स्वयंलाई पोस्ने धन्दा प्राथमिक बन्यो । सुखानीको जाज्वल्यमान विम्ब भजाइयो र खाइयो । छिन्ताङगाथा भजाइयो र खाइयो । पिस्करको प्रतीकलाई दाउमा राखियो र खाइयो । माक्र्सदेखि माओ र पुष्पलालदेखि मदनसम्मका कीर्तिगाथाहरूलाई निचोरेर उपयोगको अन्तिम थोपोसम्म उपभोग गरियो । पजेरोदेखि महाकाली सन्धिसम्मका वितृष्णाकारी कथाहरूको शृंखला त सम्भदैमा दिगमिग लाग्ने कुरा हुँदै हुन् । व्यक्तिवाद र भोगवादका उपासकहरूद्वारा पार्टी-कार्यकर्ता र मतदाताहरू फगत सत्तारोहण गर्न माथि उक्लिने भर्याङ बनाइए । र, हिजोका कमरेड डिकेन्द्र पनि तिनका भर्याङ बन्न श्रापित बने । माथिका ठालुहरूले राजधानीमा बिल्डिङ ठड्याए, तलका डिकेन्द्रहरू नीलो आकाशको छानोको शरण परे । माथिकाहरूले दामी वाहन जोडे, तलका डिकेन्द्रहरू खाली खुट्टा हिँड्न विवश भए । माथिकाहरूलाई यतै मालामाल, उतै फालाफल भयो, तलका डिकेन्द्रहरू झनै कंगाल हुँदै गए । केही दर्जन टाठाबाठा र चतुर मुखिया एवं केही सुब्बाहरू पार्टीका एकाधिकारी स्वामी बने र बाँकी जन बने तिनका प्यादा र गोटीहरू । जनवाद आउला र सुख-समृद्धि मौलाउला भन्ने कत्रो आशा थियो ! त्यसैले त पार्टीको झोला बोकेर कुद्दाकुद्दै डिकेन्द्रहरूले जो भएको चार पैसाको जेथो पनि गुमाए । उता पार्टीका ठूला भनिने ठालुहरू अहोरात्र र सर्वत्र दुई हातले सोहोरेर सेठ बन्दै गए । र, सम्पत्ति, सुख र सुरक्षाजति माथिकाहरूका भागमा पर्यो र तलका डिकेन्द्रहरूका भागमा बाँकी रह्यो केवल आत्महत्या ! जहानियाँ राणाकालमा सडकमा घोडामा वा बग्गीमा श्री ३ को सवारी हुन्थ्यो । र, प्रभुलाई रिझाएर केही बन्न र केही पाउन प्रजाहरू जयजयकार गर्दै तिनका पछिपछि कुद्थे । शाहकालमा आलोपालो गरी विकास क्षेत्रमा राजाको सवारी हुन्थ्यो । र, आप\mनो चाकरी गराउन प्रजाहरूलाई लस्करै उभ्याइन्थ्योे । डिकेन्द्र्र त्यो कुप्रथालाई मासेर आप\mनो शासक आपै"m रोज्ने र स्वतन्त्र एवं स्वामिभानी नागरिक बन्ने प्रथा ल्याउन संग्राममा होमिएका थिए । तर, कुरा घुमीफिरी उही रुम्जाटार हुन गयो । डिकेन्द्रका लागि राणा र शाह शासकहरूको ठाउँ आप\mनै पुराना कमरेडहरूले लिए । चाकरी गराउने ठाउँमा ती खडा भए र डिकेन्द्र्रहरू तिनको चाकरी गर्न विवश भए । राज्य तिनको मौजातुल्य बन्यो र डिकेन्द्र्रहरू तिनका हरुवाचरुवा बन्न अभिशप्त भए । केपी शर्मा ओली र भीम रावलको व्यवहारमा दम्भी र निरंकुश राणा र शाह शासकहरूको झझल्को आउँछ । डिकेन्द्र्र छोरालाई इलम माग्न दुई महिनादेखि काठमाडौंमा बसेका थिए । तिनको नित्य दिनचर्या थियो नेताहरूका महलमा धाउनु, तिनका द्वारबाहिर घन्टौँसम्म कुर्नु र तीसँग सानो जागिरका लागि दुःखपुकारा गर्नु । नवधनाढ्य स्वामित् केपी शर्मा ओलीले डिकेन्द्र्रका छोरालाई घरेलु नोकर राखिदिने अति कृपापूर्ण वचन प्रदान गरेछन् । र, पुराना कमरेडको यो सामन्ती दम्भ डिकेन्द्र्रको आत्मालाई रेट्ने विषाक्त करौँती बनेछ । उता बन्दुके काजी भनीकन खुबै कहलिएका भीम रावलले 'तिमीलाई दिन मेरा खल्तीमा छ र जागिर' भनेर डिकेन्द्र्रको गर्नुसम्म मानमर्दन गरेछन् । जसलाई आदर्श कमरेड ठानिएको थियो, तिनका अनुहारमा सामन्ती ठालु देखियो । दुःखमा जसले मीठा बात र सहयोगको हात देला भन्ने आशा राखिएको थियो, तिनबाट केवल दुर्वाच्य र ठेस प्राप्त भयो । डिकेन्द्र्र राजवंशी आहत भए । तिनको जीवनमा औँसीको अन्धकार व्याप्त भयो । र, कथित कम्निस्ट पार्टीका कथित नेता कमरेडहरूलाई झिझ्याटबाट मुक्त गरी अमनचैन प्रदान गर्न तिनले आपनै गलामा पासो लगाए । यसरी बल्खु दरबारको प्रांगणमा श्रमिकका सुन्दर सपनाको हत्या भयो । तिनको मुक्तिको पि्रय आदर्शको हत्या भयो । र, डिकेन्द्र्र राजवंशीका सुस्केरा र चित्कार एवं तिनका आँसु र रगतमाथि विश्वासघातको हदै कुरूप विम्बको रचना भयो । दैव ! त्यो दरबारमा माक्र्स-लेनिन र लाल झन्डाको बेपार अब कति दिन चल्ला ?
No comments:
Post a Comment