Tuesday 24 June 2008

PM Girija Prasad Scolded Forestry DG

Present Director General of Department of Forests, Dr. Keshav Raj Kandel has been directly scolded by Prime minister of Nepal, Girija Prasad Koirala. PM might have been wrongly advised about the action taken by Department of Forests to the illegal mine operator inside Community Forests. The DG rightly and courageously defended the action taken against to the socalled powerful party leader from Nepali Congress. Since DG Kandel is one of the most honest and brilliant forester, he could show his courage first disobeying the PM's ill intention and second by public disclosing the wrong intentions of PM and wrong happenings.

I have several times also argued with DG Kandel in different issues when I felt I was right or at least my intention was right. Everytime, I felt that he has semisinuous feeling or he himself only finds the righteous man, but when I read this article about his right arguement against the one of the most powerful man in the history of Nepal, I have been his true fan and compel me to change my minds. He has won our heart and souls. We should have some courageous forester (professional) who could argued with anyone in right matter. We salute you Dr. Kandel for your efforts to make our department untouched by any illegal and uninteded forces. (Photo: DG Kandel in the center, others are Forest Minister Matrika and other DGs of other Departments under Ministry of Forests in Nepal)

प्रधानमन्त्री गिरिजाप्रसाद कोेइरालाले वनमन्त्री मातृका यादवसितको रिस वन विभागका महानिर्देशक डा. केशवराज कँडेलमाथि पोखेका छन् । मन्त्रीको निर्देशनमा 'जे पायो त्यही गर्ने ?' भन्दै प्रधानमन्त्री कोइरालाले आइतबार महानिर्देशक कँडेललाई हप्काए । ललितपुरको सुन्तलीडाँडाको वन-फँडानी गरेर अवैध ढुंगाखानी सञ्चालन गरेको आरोपमा ३ जेठमा स्थानीय कांग्रेस नेता गिरिप्रसाद तिमिल्सेनालाई पक्राउ गरिएको थियो । मन्त्री यादवको ठाडो निर्देशनमा पक्राउ गरिएका तिमिल्सेना अहिले नख्खु जेलमा छन् । उनलाई थुनेको रिसको झोक प्रधानमन्त्रीले महानिर्देशक कँडेलमाथि पोखेका हुन् ।प्रधानमन्त्री कोइरालाले आइतबार बिहान आफूलाई फोनमा हप्काएको महानिर्देशक कँडेलले बताए । कार्यालयमा आएको फोनबाट 'प्रधानमन्त्रीले कुरा गर्न खोज्नुभएको छ, ९८४१३४६९५० नम्बरको मोबाइलमा फोन गर्नू' भन्ने खबर पाएपछि महानिर्देशक कँडेलले सो मोबाइलमा सम्पर्क गरेका थिए । नमस्कार गर्नासाथ प्रधानमन्त्री कोइरालाले 'मन्त्रीले जे-जे भन्छ, त्यही त्यही गर्दै जाने ? के गर्न खोजेको हो तपाईंहरूले ?' भन्दै हप्काएको महानिर्देशक कँडेलले बताए । महानिर्देशक कँडेलले फोन गरेको ९८४१३४६९५० नम्बरको मोबाइल प्रधानमन्त्री कोइरालाका निजी सचिव शेखर थापाको हो । 'म त अचम्मै परेँ । प्रधानमन्त्रीजस्तो मान्छेले आफ्नो मार्यादा नाघेर मलाई महप्काउनुभयो,' वन मन्त्रालयमा आइतबार पत्रकारहरूबीच महानिर्देशक कँडेलले भने । प्रधानमन्त्रीसित भएको करिब पाँच मिनेट लामो मोबाइल कुराकानीमा आफूले धम्की र हप्काइ मात्रै खाएको महानिर्देशक कँडेलले नयाँ पत्रिकालाई बताए । 'मन्त्रीले जसलाई भन्छ, त्यसलाई थुन्दै जाने ? त्यसलाई (तिमिल्सेनालाई) किन थुनेको हो ?' भनेर हप्काउनुभयो,' उनले भने ।तिमिल्सेनाले वन-फँडानी गरेर अवैध ढुंगाखानी चलाउँदै आएकाले कानुनअनुसार कारबाही गरिएको जानकारी पनि महानिर्देशक कँडेलले प्रधानमन्त्री कोइरालालाई गराए । तैपनि, हप्काउने क्रम रोकिएन । 'म घटनास्थल पुगेर सबै हेरेर आएको थिएँ । त्यो सबै उहाँलाई (प्रधानमन्त्री) जानकारी गराएँ । निष्पक्ष व्यक्तिलाई छानबिन गर्न लगाउनुहोस्, मैले गलत गरेको छैन पनि भनेँ । तर, मेरो कुरा सुने पो,' महानिर्देशक कँडेलले भने, 'यस्तो दबाबमा कसरी काम गर्ने ?'प्रधानमन्त्रीसमेत मर्यादा नाघेर बोल्दा कानुनको राज समाप्त हुने ठोकुवा महानिर्देशक कँडेलले गरे । 'मलाई त यस्तो दबाब आउँछ भने, जिल्लामा बसेर काम गर्ने वन अधिकृतहरूलाई कति दबाब आउंँछ होला ? अनि उनीहरूले कसरी काम गर्न सक्छन् ?' उनले भने, 'हामीले गल्ती गरेकै भए पनि विभागीय मन्त्री, मुख्य सचिव हुदै च्यानलअनुसार आउनुपर्ने कुरालाई लिएर सोझै हप्काउँदा कर्मचारीको मनोबल बढ्छ कि हतोत्साही हुन्छ ?' (Article source: NayaPatrika Daily)