Friday 17 October 2008

अरूका आँखाले आफूलाई हेर्न छाड्दा

This is the satirical article by famour writer (satirist!) Khagendra Sangraula about the very expensive bed of the first elected prime minister of republic Nepal, Prachanda. He bought the bed that costed 1250 euro, which seems cheaper or normal if we compare it with general or medium class people of Europe, but if we compare it with nepalese, it seems very expensive and luxurious. I borrowed the article from "NAYA PATRIKA" daily thinking that it might be interesting to read for all. This is one of the best satire from famous writer KHAGENDRA SANGRAULA towards Maoist for which party he has supported many times. The article is as follows:

दुई महिनाअघि बालुटावार दरबारतिर फर्केर एउटा कथा लेखूँ भन्ने लागेको थियो । उसो त कथाको शीर्षक फुरिसकेको पनि थियो- प्रधानमन्त्री कमरेड प्रचण्डको राजसी पलङ । तर मनको पाटीमा यो विद्रूप कथ्यले संरचनाको भनेजस्तो आकारै लिन सकेन । त्यसैले अहिले मनमा उकुसमुकुस भएको भाव यहाँ कोरा गद्यमा पोख्न बसेको छु । कथा माओवादी महलका प्रथम पुरुष कमरेड प्रचण्ड प्रधानमन्त्री भएपछिको हो । त्यो बेला सबैका आँखा उनमाथि थिए । अन्यायपूर्ण यथास्थितिमा आप\mनो वैभव, विलास र ठालुपनको सुरक्षा देख्नेहरू हुनुसम्म अताल्लिएका थिए । विद्रोहको आँधी बोकेर आएको प्रचण्डले बिताउने पो हो कि ! उता वञ्चित र परित्यक्तहरूका आँखामा भने आशाको मधुरो दीप बलेको थियो । कांग्रेस र एमालेले केही लछारेनन् । तै तै 'कि गरिछाड्यो कि मरिछाड्यो' भनेर विद्रोहको आगो बाल्ने प्रचण्डले केही गर्लान् कि ! तर भोका-नांगा र दीन-दुःखीहरूको पहिलो गाँसमै दाँतमा ढुंगो लाग्यो । बालुवाटार दरबारमा गणराज्य नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डको सवा लाख रुपियाँको पलङको कथाले गोमन सर्पले झैँ विषाक्त फणा फिँजायो । यो विलासमुखी कथा सुनेर दुनियाँले जिभ्रो टोक्यो- मेरी बास्सै ! निजी सम्पत्ति नभएका, त्याग र आत्मबलिदानका कथा हालेर कहिल्यै नथाक्ने, लोकहितलाई एक नम्बरमा र स्वहितलाई दुई नम्बरमा राख्छु भनी घरिघरि बाचा गर्ने र म गरिखाने जनगणको सच्चा नायक हुँ भन्ने प्रधानमन्त्री कमरेड प्रचण्डको पलङको मोल एक लाख पच्चीस हजार रुपियाँ ! कुरो साँचो हो कि प्रचण्डगणको नाक काट्ने मनुसवाले गरिएको कपटपूर्ण प्रचारबाजी हो ? मनमा तर्कनाका तरंगहरू उठे । कुरो साँचो ठहरियो । बालुवाटार दरबारका कर्मचारीहरूले प्रचण्डको शयनकक्षका पलङ, पर्दा, कार्पेट, फर्निचर आदिमा पैसाको खोलै बगाएछन् । लाग्यो, गिरिजाबाबुको त्रासद् बहिर्गमनपछि प्रचण्डको औतारमा बालुवाटार दरबारमा मानौँ ठाँटबाँटका साथ नयाँ राजाको आगमन हुँदैछ । कर्मचारीहरूले त्यसो किन गरे त्यो त यस्सै बुझिने कुरा हो । तिनले खान त्यसो गरे । सामान जति महँगो भयो, उति नै ठूलो दलाल भाग ज्युनार गर्न पाइने । भ्रष्ट सत्तामा तिनले सिकेको, तिनले जानेको र तिनले गरिआएको कुरा आखिर त्यही त हो । तिनले पञ्चायती राजमा त्यही गरे । कांग्रेसी राजमा त्यही गरे । एमाले राजमा त्यही गरे । र, अहिले भ्रष्टाचार मास्छु र सदाचारको मौलो गाड्छु भनेर हजार बाचा गर्ने माओवादी नेतृत्वको राजमा पनि तिनले त्यसो गर्न पछि नपर्ने छाँट झिकेका छन् । किफायतीपन, सादा जीवन र उच्च इमानको दीक्षा नपाएका ती कर्मचारीले जे गरे, त्यसमा म तिनको उत्रो दोष देख्दिनँ । दोष त बेहोसी, अकर्मण्य र अलमस्त माओवादीको पो हो । तिनले त्यसो गरिरहँदा माओवादी कहाँ, के हेरिबसेको थियो ? यसो गर्नु, त्यसो नगर्नु, यसो गरे तिम्रो हाई-हाई, त्यसो गरे जागिरबाट तिमीलाई बाई-बाई भनेर तिनलाई अरन-खटन गरिएको थिएन । न तिनका क्रिया-कर्मको चियो नै गरिएको थियो । तीमध्ये ज्यादा भ्रष्ट र कम भ्रष्टलाई कपटछान गरेर छुट्याइएको पनि थिएन । आखिर मौकाको बात हो । मौका छोपेर तिनले बजाए । जब प्रधानमन्त्री कमरेड प्रचण्डको सवा लाख रुपियाँको पलङको कथा बाहिर आयो, मेरा कल्पनाका आँखामा एउटा आशलाग्दो दृश्य चलखेल गर्न थाल्यो । अब माओवादी महलका क्रान्तिकारी संस्कृतिकर्मीहरू कमिलाको गोलोसरि बालुवाटार दरबारको मूलद्वारमा जम्मा होलान् । तिनले विरोधको भाकामा गर्जन गर्लान् । त्यो गर्जनले तर्सेर बालुवाटार दरबारका कर्मचारीहरू त्यो विलासी पलङ बाहिर निकाल्न बाध्य होलान् । त्यो पलङ जहाँ किनिएको हो, त्यहीँ फर्काइएला । भ्रष्टाचारका नाइकेहरू पक्राउ पर्लान् र ती केरकारको कठघरामा उभ्याइएलान् । अनि प्रधानमन्त्री प्रचण्डका लागि साधारण पलङको चाँजो मिलाइएला । तर त्यस्तो केही भएन । ओठमा र कागतमा सांस्कृतिक रूपान्तरणको नित्य-निरन्तर रट लगाउने कसैले पनि सवा लाखको पलङविरुद्ध असन्तोष, विरोध वा विमति प्रकट गरेको सुनिएन । मैले थुप्रै माओवादी छापाहरूका एकएक पाता पल्टाएर हेरेँ । तर, यसबारे कसैले, कहीँ चुँसम्म पनि बोलेको पाइनँ । लाग्यो, माओवादीकणहरूका मन-मानसमा दलीय निष्ठाका नाउँमा अन्धभक्तिको संस्कार मानौँ किर्नोझैँ टाँसिएको छ । र नै, तिनले सवा लाखको पलङमा भोका र नांगा नागरिकहरूका आँसुको चित्कार सुन्न र तिनका खून-पसिनाको गन्ध अनुभूत गर्न सकेनन् क्यार । अथवा केही बोल्दा परचक्रीहरूले उल्टै फाइदा पो उठाउलान् भनी डरले तिनले ओठजाम गरे हुनन् । नयाँ प्रधानमन्त्रीको सवा लाखको पलङको कथाको हाराहारी थुप्रै आत्मबलिदानी, घायल र पीडित आँखाहरू मेरा अघिल्तिर हाजिर भए । ती बेपत्ता जनका आहत आफन्तहरूका आँखा थिए । ती जनयुद्धमा सहादत प्राप्त गर्नेहरूका आमा, पत्नी र लालाबालाहरूका आँखा थिए । ती क्यान्टोनमेन्टमा भोक, रोग र औडाहाको सिकार भएकाहरूका आँखा थिए । ती माओवादीलाई केही आशा र भरोसाले अपलक हेरिरहेका धेरै श्रमिकजनहरूका आँखा थिए । सोचेँ, ती आँखामा त्यो पलङ कस्तो देखियो होला ? र, त्यो राजसी पलङमा सुकला गर्न राजी हुने प्रधानमन्त्री प्रचण्ड कस्ता देखिए होलान् ? लोकापवादको हेक्का हुन छाड्नु जान-अन्जान नैतिक पतनको बाटो समात्नु होइन र ? माओवादीको पतनमा आप\mनो उत्थान देख्ने विरोधी कोणबाट सवा लाखको पलङको कथा उत्पात उछालियो । तर, त्यसले माओवादीलाई रत्तिभर छोएन । चोक, गल्ली र डबलीहरूमा सवा लाखको पलङबारे कानेखुसीको लहर उठ्यो । तर, त्यो पनि माओवादीका कानमा परेन । अथवा परे पनि त्यसले माओवादीमा लाज र ग्लानिको भावना एकरत्ति जगाएन । विलासी पलङको जित भयो, जनभावनाको घोर अपमान भयो । अनि त्याग, बलिदान, सादा जीवन र लोकोपकारजस्ता माओवादी आदर्शहरू ? ती सब के भए ? अरूलाई नदेख्नु वा अरूका आँखाले आफूलाई तौलिन नखोज्नु निरंकुशताको दसी हो । माओवादी आमपङ्क्ति अन्धभक्तिले गर्दा आप\mनो नेतृत्वका असंगत कर्म र अनुचित आचरणमाथि हम्मेसी औँलो ठड्याउँदैन । त्यहाँ 'बडाले जो गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत' टाइपको जड संस्कार छ । अनुभव भन्छ- माओवादी नेतृत्व आप\mनो दलबाहिरका नरनारीहरूका सुझाव र सल्लाह, टिप्पणी र आलोचना, व्यङ्ग्य र कटाक्षलाई रत्तिभर गन्दैन । ऊ ठान्छ- आत्मबलिदानको कीर्तिमान कायम गरेर विजययात्रामा निस्केको म अब्बल मानव यी नाथे बातवीरहरूका अर्ती किन सुनूँ ? त्यसैले होला, प्रधानमन्त्री प्रचण्डको सवा लाखको पलङबाट सुरु भएको माओवादीको सत्ता-यात्रामा थुप्रै अनर्थ कथाहरू सतहमा आएका छन् । त्यहाँ नातावाद र कृपावाद, परिवारवाद र भोगवाद, आदर्श-त्याग र विलासप्रेम, आत्मप्रचारमोह र बन्धु-द्रोहजस्ता अनेकन् अनिष्ट लक्षणहरू एकसाथ दृष्टिगोचर भएका छन् । सत्ताको चरित्र फेरेर त्यसलाई जनमुखी बनाउँछु भन्दै सहर पसेको माओवादी भ्रष्ट सत्ताको चक्रव्यूहमा फसेर आफैँ धनमुखी पो हुने हो कि भन्ने चिन्ता वायुमण्डलभरि प्रवाहित भइरहेछ । लाग्छ, माओवादीलाई परिवारवाद र बन्धुद्वेष, भोग-विलास र सुख-सयलतर्फ लहसिनबाट अगोचर र निराकार भगवान्बाहेक कसैले पनि बचाउन सक्दैन । जो अरूका आँखाले आफूलाई हेर्न इन्कार गर्छ, उसको नियति के हुन्छ ?

3 comments:

Anonymous said...

The cost of the Palang was not 1025Euro but it was 1250 Euro! It is also not cheaper for the normal people of Germany. It may be normal upto 500 Euro for the normal people of Germany!

The Nepalese quotation- "BHANAI RA GARAIMA PHARAK HUNCHHA" is perfetly fit in the case of Maoist. Let us hope that they will be changed once they change their name from CPN (Maoist) to CPN, on what they are thinking after the return of Dr. Babu Ram Bhattarai from USA!

Anonymous said...

राजेन्द्रजी, धेरै धन्यवाद । यस बारेमा मेरो मनमा निकै खटकिरहेको थियो । वास्तवमा "जुन जोगी आए पनि कानै चिरेका" भन्ने नेपाली उखान त्यसै बनेको होईन नि त ! कि कसो ?

Anonymous said...

I do not believe that Camrade Prachanda purchased such a expensive Palang. Because he knows the average status of all Nepalese. This is only rumor of Khagendrajee. He sometimes, without any evidences, does writes such setires to very good political figure. I am wondering that deshi and bideshi haru milera badnam garne badaniyat purna kam ho Khagendraji ko.

But what I also warn to Maobadi that if they want to win the heart of the poor people, they have to plan with them, implement with them and the benefit sharing should be equitable towards the poorer sections of the Nepal.