राजा वीरेन्द्रस“ग चर्काचर्की पर्यो"
मेरो पहिलो प्रधानमन्त्रीत्वको सरकार -२०४८ सालमा गठित) का पालामा दर्ुइ-तीनवटा प्रमुख उपलब्धि भए । एउटा त स्थानीय निकाय -गाउ“ विकास समिति, नगरपालिका) को चुनाव गर्राई प्रजातन्त्रलाई ग्रामीण क्षेत्रमा पुर्याउने काम भयो । त्यस्तै, आर्थिक विकासको नीति बन्यो । मैले परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी लिएको थिए“ । विदेशस्थित नेपाली राजदूतहरूबाट समेत मुलुकको आर्थिक वृद्धिका लागि पहल गर्ने व्यवस्था भयो । त्यस अनुसार नेपालले आर्थिक सफलता हासिल गर्यो पनि । वैदेशिक सहायता बढेर गयो ।
मुलुकका कुनाकाप्चासम्म बाटो, बिजुली, टेलिफोनलगायत विकासका पर्ूवाधार पुर्याउने काम भयो । पहाडसम्म बाटो पुग्यो । त्यसबेलाको विश्व ब्याङ्कको रपिोर्ट हेरे थाहा हुन्छ । त्यो कार्यकाल -०४८-०५१) लाई नै नेपालको भौतिक पर्ूवाधारको विकास र अर्थतन्त्रको विकासका लागि स्वणिर्म युग भनेर विश्व ब्याङ्कले आफ्नो रपिोर्टमा लेखेको छ । त्यसबेला नेपालले उच्च आर्थिक वृद्धि हासिल गरेको थियो । तर, आफ्नै पार्टर्ीीे आन्तरकि विवादले गर्दा साढे तीन वर्षा सरकार ढल्यो ।
± ± ±
पार्टर्ीी५१ सालको मध्यावधि चुनावमा हार्यो । मैले पार्टर्ीीई पुरानै अवस्था -बहुमतको सरकार) मा नपुर्याएसम्म विश्राम नलिने प्रतिज्ञा गरे“ । झापाबाट सुरु भयो त्यो अभियान । मोटर, घोडा र पैदल यात्रा गरी महाकाली पुगेर मात्र रोकिए“ । मलाई जनता र पार्टर्ीी कार्यकर्तामाथि पर्ूण्ा विश्वास थियो । त्यसै विश्वासका आधारमा म देश भ्रमणमा निस्किएको थिए“ । त्यसबेला मेरो स्वास्थ्य पनि ठीक थियो । त्यसैले, पार्टर्ीीई पुरानै अवस्थामा पुर्याउने मेरो सङ्कल्प पूरा भयो । त्यसैबीच मैले यो सरकार -०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित एमालेको अल्पमतको सरकार) लाई 'फू' गरेर ढालिदिन्छु भन्ने अभिव्यक्ति दिए“ । मानिसहरूले बढाएर त्यसलाई 'फू अभियान' पनि भने । पार्टर्ीीई पुरानै अवस्थामा पुर्याउने र एमालेको अल्पमतको सरकारलाई फू गरेर ढालिदिने अभियानमा मैले देशका पूरै जिल्लाको भ्रमण गर“े ।
कुनै पनि कुरा एकपटक बोलेपछि त्यसलाई पूरा गराएर मात्र रोक्नर्ुपर्छ भन्ने मेरो मान्यता रह“दै आएको छ । पछिल्लोपटक ०५९ जेठ ८ गते संसद् विघटन गरी राजाले नेपाल अधिराज्यको संविधान ०४७ को गलत व्याख्या गरी धारा १२७ मा टेकेर मनपरी सरकार बनाउने र फाल्ने काम गरे । त्यतिबेला मैले विघटित संसद्को पुनःस्थापनाको मुद्दा अघि सार“े । त्यो प्रस्तावको चौतर्फी विरोध भयो । अमेरकिा, बेलायत, भारत, चीन, युरोपेली युनियन, सबैले 'हु“दै नहुने माग तिमीले अघि सारेका छौ' भने मलाई ।
मलाई थाहा थियो, मैले उठाएको मुद्दा नै प्रजातन्त्र जोगाउने एक मात्र विकल्प हो । संसद् पुनःस्थापना नगर्दा प्रजातन्त्र लामो अवधिका लागि समाप्त हुने खतरा थियो । पहिले ०१७ सालमा जननिर्वाचित सरकारलाई सैन्यबलका भरमा अपदस्थ गरी राजाले ३० वर्षम्म पञ्चायती तानाशाही चलाए । फेर ि५० वर्षत्यसरी लैजान्छन् भन्ने लागेको थियो मलाई । जसरी भए पनि संसद् पुनःस्थापना गर्नुपर्छ भनेर म निरन्तर लागिरहे“ । मेरो अन्तरात्मामा के थियो भने एकदिन सबै मेरो एजेन्डामा आउनर्ैपर्छ । आए पनि ।
± ± ±
ं
फेर िपहिलेकै प्रसङ्गमा जाउ“m । ०५१ सालको मध्यावधि निर्वाचनपछि नेपालको संसदीय राजनीति बदनाम भयो । त्यो कालखण्डका घटना भन्नुपर्दा आफै“लाई लाज लागेर आउ“छ । सांसदहरूको किनबेच भयो । त्यसबेला मलाई राजा महेन्द्रले -बीपीलाई छुटाउने क्रममा) भनेको कुरा सम्भिmए“ । उनले सा“च्चै भनेका रहेछन् जस्तो लाग्यो । उनले मस“ग भनेका थिए, "हेर गिरजिा, हरेक चीजको मूल्य हुन्छ, भेडाको, बाख्राको र मानिसको पनि ।" भन्दाभन्दै उनले टङ्कप्रसाद आचार्य र मातृकाप्रसाद कोइरालाको मूल्यसमेत तोकेका थिए । मैले राजा महेन्द्रस“ग त्यसबेला भएको वार्तालाप सम्झे“ । मैले संसद्मा पनि भने“, "राजाले भनेको कुरा त ठीकै रहेछ ।"
सांसदहरू किनबेचको तराजुमा चढे । सरकारका मन्त्रीहरूमाथि विश्वास नभएर विदेश पठाइयो । कसैलाई कता पठाइएको छ, कसैलाई कता । त्यस घटनाले जनताको मनमा प्रजातन्त्रप्रति वितृष्णा पैदा गर्यो । म आफ“ैलाई डर लाग्थ्यो । कसैले आफै“लाई 'आयो भेडाबाख्रा' भन्ने हो कि † छ-छ महिनामा सत्ता समीकरण फेरयिो । साढे चार वर्षो अवधिमा पा“चवटा सरकार बने । सरकार बनाउने र गिराउने खेलमा सांसदहरू रुमल्लि“दा संसद्को महत्त्व र विश्वसनीयता कमजोर हु“दै गयो । सांसदहरूलाई भन्सार सुविधामा मह“गा गाडीहरू -पजेरो, प्राडो) ल्याउने सुविधा दिइयो, जसले सांसद र नेताहरूको बदनाम गराउने काम गर्यो ।
प्रजातान्त्रिक संस्थाहरू कमजोर भएको र प्रजातन्त्रमाथि आक्रमण भइरहेका बेला म फेर िप्रधानमन्त्री बन्न पुगे“ । संसद्, प्रजातान्त्रिक संस्था, राजनीतिक दल बदनाम र माओवादी समस्या उग्र हु“दै गएको अवस्था थियो । यही मौका छोपेर राजा -वीरेन्द्र) प्रजातन्त्र कमजोर बनाउनेतर्फसक्रिय भएका थिए । उनले मलाई पूरा सहयोग गरेनन् ।
± ± ±
राजा र मबीच सधै“ एउटा विषयमा विरोधाभास र मनमुटाव भइरहन्थ्यो । त्यो हो, सेना र प्रहरीको विषय । माओवादी गतिविधि चर्केर गएको थियो । म प्रहरीलाई बलियो बनाउनर्ुपर्छ भन्थ“े । म भन्ने गथर्ंर्ेेअरू मुलुकमा सुरक्षाका चार-पा“च तह हुन्छन् । एउटा निकाय असफल भयो भने अर्को परचिालन हुन्छ र अन्तमा सेना परचिालन हुन्छ । तर, हामीकहा“ प्रहरी असफल भयो भने आर्मी परचिालन हुन्छ र सेना फेल भयो भने राष्ट्र नै असफल हुन्छ । त्यस्तो अवस्था आउन नदिन प्रहरी र सेनाको बीचमा एउटा प्रहरी स्थापना गर्नुपर्छ भन्ने मेरो धारणा थियो । त्यही“बाट सशस्त्र प्रहरीको अवधारणा बन्यो । सशस्त्र प्रहरी बल स्थापनाका विषयमा राजा -वीरेन्द्र) र मेराबीचमा जहिले पनि भनाभन र झगडा हुन्थ्यो ।
बल्लतल्ल सशस्त्र प्रहरी बल स्थापनाको सहमति भयो । फेर िविवाद भयो हतियार दिने विषयमा । हामीले सशस्त्र प्रहरीलाई आधुनिक हतियारसम्पन्न बनाउन स्वचालित एसएलआर दिने भनेका थियौ“ तर त्यसमा पनि विवाद भयो । सेनाको तर्क थियो, प्रहरीलाई सेनाको जत्तिकै आधुनिक हतियार दिनु राम्रो ह“ुदैन । ठीक छ, एकै प्रकारको हतियार नदिए पनि आधुनिक हतियार दिउ“m न भन्यौ“ हामीले । अनि, सेनाका लागि नया“ हतियार किन्ने र सेनाले आफ्नो हतियार सशस्त्रलाई दिने सहमति भयो । सरकारले सेनालाई हतियार किन्न प्रहरीका लागि छुट्याएको रकम दियो तर सेनाले फेर िप्रहरीलाई दिने भनेको हतियार नै दिएन । दिने भनेको हतियार नदिएर उही थ्रीनटथ्री नै दियो । चर्को विवादपछि बल्लबल्ल सशस्त्र प्रहरी बल स्थापना भयो ।
माओवादी गतिविधि बढ्दै जा“दा विकास निर्माणका कार्यक्रममा समेत अवरोध भइरहेको थियो । सुरक्षा र विकासलाई एकैसाथ अघि बढाउनर्ुपर्छ भनेर सुरुमा माओवादी अत्रि्रभावित रुकुम, रोल्पा, जाजरकोट, गोरखालगायतका पा“च जिल्लामा कार्यक्रम लागू गर्नुपर्छ भन्ने हाम्रो धारणा थियो । तर, दरबारले मानिरहेको थिएन । एकदिन यही विषयमा छलफल गर्न राजदरबारमा राजा, प्रधानमन्त्रीसहित मन्त्रीहरू, मुख्यसचिव र सचिवहरू, सेना र प्रहरी प्रमुखसहितको उपस्थितिमा लामो छलफल भयो ।
राजाले सबैलाई एकएक गरेर आफ्नो धारणा राख्न लगाए । अनि, राजा वीरेन्द्र आफ“ैले बोले । त्यो देखेर मलाई अचम्म लाग्यो । पहिले राजा बोल्ने कुनै कार्यक्रम नै थिएन । पहिलोपटक त्यस्तो घटना भएको थियो । म छक्क परे“ । राजाले बोलेलगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री रामचन्द्र पौडेलजी जुरुक्क उठेर बोल्न गइदिनुभयो । पौडेलले सकेपछि अर्थमन्त्री डा रामशरण महत बोल्नका लागि जा“दै थिए । मैले 'जाने काम छैन' भनेपछि उनी रोकिए ।
राजाले भने, "पीएम -प्रधानमन्त्री) तपार्इंले चाहि“ केही बोल्नुभएन नि -" मैले भने“, "सरकार म बोल्न भनेर यहा“ आएको होइन । आदेश दिन आएको हु“ । म त्यसरी भाषण गर्न भनेर आएको होइन ।" त्यसपछि राजा चूप लागे । त्यसैबीच, प्रधानसेनापति प्रज्ज्वलशमशेर राणाले बोल्न खोजेका थिए । मैले भने“, "म तपार्इंस“ग कुरा गर्न लागेको छैन । चूप लागेर बस्नूस् ।" त्यसपछि उनी बोलेनन् । अनि, बल्ल एकीकृत आन्तरकि सुरक्षा तथा विकास कार्यक्रम सुरु भयो । तर, सेनाको सहयोग भएन । यस्तै विवाद भइरहन्थ्यो पुरानो अवस्थाबाट मुलुक प्रजातान्त्रिक व्यवस्थामा परण्िात हुने बेलामा ।
± ± ±
ं
मेरो राजा -वीरेन्द्र) स“ग चर्काचर्की परेको अर्को घटना पनि छ, जुनबेला एकैपटक नेपालमा थाई र पाकिस्तानी एयरलाइन्सका विमान दर्ुघटनामा परेका थिए । प्लेन दर्ुघटना भनेपछि त नेपालको मात्र चासोको विषय भएन । धेरै मुलुकका नागरकि परेका थिए, त्यो घटनामा । घटनाका बारेमा धेरै मुलुकले नेपाल सरकारस“ग जानकारी मागेका थिए । धेरै प्रयासपछि पनि हामीले उद्धार कार्यमा सफलता पाउन सकेका थिएनौ“ । त्यहीबेलामा भारतले खोजी कार्यका लागि सहयोग गर्ने प्रस्ताव गर्यो । मैले हुन्छ भनिदिए“ र खोजीका लागि उनीहरूको हेलिकप्टर नेपाल आएको थियो ।
त्यही विषयमा राजास“ग भनाभन नै भयो । राजाले भारतीय हेलिकप्टरलाई किन अनुमति दिएको भनेर आपत्ति जनाए । अलि झगडै भयो । मैले भने“, "यतिका मान्छे मरेका छन् । सारा संसारले चासो राखेको छ । भारतले सहयोग गर्छर्ुुन्यो, मैले हुन्छ भने“ । सरकारलाई भारतीयहरूले सेनाको ब्यारेकका बारेमा जानकारी पाउ“छन् भन्ने लागेको होला । आजको वैज्ञानिक युगमा पानीभित्र के छ भन्ने कुरा त सहजै पत्ता लाग्छ भने यो थाहा ह“ुदैन - यसरी तर्सर्ेेहुन्छ सरकार - सरकारले बुझ्नुपर्यो म पनि यो देशको प्रधानमन्त्री हु“ । राष्ट्रप्रतिको मेरो दायित्व के हो, मलाई राम्ररी थाहा छ । मैले उनीहरूलाई कहा“ हर्ेर्ने अनुमति दिएको छु भनेर सरकारले सोध्नुपर्दैन ।"
मलाई राजाको व्यवहारप्रति एकदमै रसि उठेको थियो । मैले भने“, "ब्यारेक हर्ेलान् भनेर नै मैले तर्राई क्षेत्रमा मात्र आउने अनुमति दिएको छु । मलाई पनि देशको चिन्ता छ । सुरक्षा संवेदनशीलताको चिन्ता छ ।" अनि, राजाले भने, "मलाई यो कुरा थाहा थिएन ।" त्यसबेला राजास“ग निकै चर्काचर्की परेको थियो ।
± ± ±
भारतीय अभिनेता ऋतिक रोशनले आफूलाई सबैभन्दा मन नपर्ने मुलुक नेपाल हो भनेर अन्तर्वार्ता दिएको निह“ुमा -०५७ सालमा) देशभर कथित आन्दोलन भयो । अराजकता बढेर गयो र आगजनी भयो । राजधानीमा वषर्ा कोइराला नामक एक स्कुले बालिकासहित तीन-चार जनाको मृत्यु भयो भने लाखौ“को धनमाल जलाएर नष्ट गरयिो । त्यहीबेला राजाले मस“ग भने, "हैन, अब स्थिति नियन्त्रणबाहिर गयो, सङ्कटकाल लगाउनर्ुपर्छ ।" राजाको त्यो प्रस्ताव मलाई मन परेन । मैले भने“, "सरकार स्थिति नियन्त्रणमा आउ“छ । प्रहरीले सम्हाल्न सक्छ । त्यसमा आत्तिनुपर्ने कुरा छैन । सरकार -राजा) ले यो कुरा गर्ने होइन । यो काम सरकारको हो ।"
मलाई त्यसबेलामा लाग्यो, राजा सङ्कटकाल घोषणा गरेर जनताका अधिकार कटौती गर्ने पक्षमा रहेछन् । उनी त शक्ति हत्याउने दाउमा लागेको देखियो । राजास“ग कुरा भएपछि मैले मन्त्रीहरूलाई पनि भनेको थिए“, "म राजाको लक्षण राम्रो देख्दिन“ ।"
त्यसलगत्तै डोल्पाको सदरमुकाम दुनैमा माओवादीले आक्रमण गरे । राजाले भने, "म एकपटक दुनै जान्छु ।" मैले भने“, "अह“, सरकार त्यहा“ जाने काम छैन । कौनसा ठूलो कुरा भएको छ र सरकार त्यहा“ जानुपर्ने - सरकार त्यहा“ पुगेर मरेको मान्छे बा“च्ने होइन । क्षतिपर्ूर्ति दिने काम हामी गरहिाल्छौ“ ।" त्यसपछि राजा दुनै गएनन् ।
दुनैमा घटना ह“ुदैछ भन्ने सूचना सरकारलाई पहिले नै आएको थियो । त्यहा“ मद्दतका लागि थप फौज पठाएको पनि हो । तर, मद्दतका लागि पठाएको फौजको लापरबाहीले ठूलो क्षति भयो । त्यसरी पठाएको सुरक्षा बलले सहयोग नगरेका कारण नै मैले तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीको राजीनामा माग“े ।
दुनै आक्रमणपछि मैले आफ्नो टाउकोमा रहेको जिम्मेवारी हल्का पार्न रक्षामन्त्रीमा महेश आचार्यलाई नियुक्त गरे“ । बेलाबेलामा म उनको रपिोर्ट लिइरहन्थ“े । रक्षाको कुरा अत्यन्त संवेदनशील छ, अहिलेलाई सबै कुरा नभनौ“ । ती कुराहरू मुलुकको अवस्था अलि राम्रो भएपछि भनौ“ला । तर, महेशलाई रक्षामन्त्री नियुक्त गरेपछि पनि मलाई सहज भएन । त्यत्ति हो, अहिले त्यसभन्दा ज्यादा भन्दिन“ ।
प्रस्तुति ः जगत नेपाल
-प्रधानमन्त्री कोइरालाको आत्मकथा कान्तिपुर टेलिभिजन मा ँआफ्नो इतिहास, आफ्नै वृत्तान्त’ कार्यक्रम अर्न्तर्गत हरेक सोमबार राती ९ः३० बजे प्रसारण हुन्छ ।)
No comments:
Post a Comment