Monday, 7 January 2008

AADMI or MANCHE


आदमी र मान्छे
पत्रकारहरू हा“से । "यसमा हा“स्ने कुरा के छ -" रवीन्द्रनाथजी कड्किनुभो, "गम्भीर हुनोस् ।"
पत्रकारले सोधे, "किन गम्भीर हुने -" "किनभने, राष्ट्रियता खतरामा छ," रवीन्द्रनाथजीले सुनाएपछि पत्रकारहरू गम्भीर नहुने प्रश्नै थिएन ।
"लेख्नोस्," रवीन्द्रनाथजीले अह्राउनुभो, "राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपाल सडक आन्दोलनमा ओर्लनेछ ।"
उहा“ले भनेबमोजिम पत्रकारहरूले लेखिदिएपछि पशुपतिभक्तको फोन आयो, "प्रभुबाट दर्शनभेटका लागि हुकुम भा'छ ।"
प्रभुको आशङ्कापर्ूण्ा जिज्ञासा रह्यो, "सडक आन्दोलनमा ओर्लन को तयार होला र -"
"सबै तयार हुनेछन् सरकार," रवीन्द्रनाथजीले आश्वस्त पार्दै भन्नुभो, "हाम्रँे आन्दोलनमा मुलुकका सबै वारपार व्यापारी संलग्न हुनेछन् ।"
"अर्थात्, तस्कर आई मीन स्मर्ग्लर्स -" प्रभुले रमाउ“दै भन्नुभो । "हो सरकार, तस्कर भनेका मुलुकका र्सवाधिक राष्ट्रवादी शक्ति हुन् । मुलुक रह्यो भने मुलुकको सीमा रहन्छ, सिमाना रह्यो भने वारपिारकिो व्यापार रहन्छ । उदाहरणका लागि, रक्तचन्दनकै कुरा गरौ“ न," उहा“ले थप्नुभो, "दक्षिण सीमाबाट भित्र्यायो, उत्तर सीमाबाट बाहिर पठायो, मुलुक मालामाल । यो मर्म जसले बुझ्छ, हाम्रँे आन्दोलनमा स्वतः सहभागी हुन्छ ।"
प्रभु प्रभावित नहुने कुरा थिएन । सोध्नुभो, "मुलुकका मर्ूर्ति समुद्रपार िपुर्‍याएर कला-संस्कृतिको प्रसारमा योगदान गर्ने पनि यसै कोटिमा पर्छन् होइन -" "एक्ज्याक्ट्ली," रवीन्द्रनाथजीले उत्साह थप्दै भन्नुभो, "ती होनहारहरू देशभक्तिका मिलनविन्दु हुन् ।" "प्रभु पक्कै खुसी हुनुभो । रवीन्द्रनाथजीले भन्नुभो, "अख्तियारले डामेका वा डामेर पनि विशेष अदालतबाट दाहिने, देब्रे गरेर छुटेका वा प्रमाणको अभावमा अख्तियारले डाम्न नभ्याएका वा राजनीतिक आग्रहका कारण छुटफुटमा परेका समेत अब्बल दर्जाका राष्ट्रवादी हुन् ।" उहा“ले आप\mनो व्याख्यानलाई उचाइमा पुर्‍याउनुभो, "मुलुक रह्यो भने शक्तिमा पुगिन्छ, शक्तिमा पुगियो भने अख्तियारी पाइन्छ, जसले अख्तियारी पाउ“छ, त्यसले दुरुपयोग गर्छ, जसले अख्तियारको दुरुपयोग गर्छ, तीमध्ये सकेजतिलाई अख्तियारले डाम्छ, यसरी अख्तियारले डामेमध्ये धेरैचाहि“ ...।" "राष्ट्रवादी हुन्," प्रभुले वाक्य पूरा गरििदनुभो । "यसबाहेक अर्काथरी छन्," रवीन्द्रनाथजीले भन्नुभो, "राजस्व छलेर आफ्नो ढुकुटी भर्ने बनिया“हरू ।" प्रभुले भन्नुभो, "बुझे“ ।" त्यसपछि खुसी हु“दै रवीन्द्रनाथजीले अनुमति लिनुभो, "एउटा कुरा बिन्ती गरौ“ सरकार -" प्रभुले घ्रि्रो हल्लाएपछि उहा“ले पूरक प्रश्न गर्नुभो, "हरेक नाम चलेका बनिया“का गद्दीमा सरकारको तस्िबर टा“गिएको हुन्छ, थाहा छ किन -" सोध्नुभो, "किन -" "किनभने, ती नामुद बनिया“हरू सरकारलाई सबैभन्दा सफल बनिया“ ठान्छन्," उहा“ले जवाफ दिनुभो । "एक्सिलेन्ट," प्रभु प्रफुल्ल भएको देखियो ।
"वास्तवमा मस“ग ठूलो भिजन थियो," रवीन्द्रनाथजीले भन्नुभो, "म नेपालमा स्वर्ण्र्ााग ल्याउन चाहन्थे“ ।" "कसरी -" प्रभुले सोध्नुभो । "म अर्थमन्त्री हु“दाको कुरा हो," उहा“ले अतीत सम्झनुभो, "दीपक मल्होत्रास“ग मिलेर म मुलुकमा करोडौ“ टन सुन भित्र्याउने अभियानमा थिए“ । त्यस सुनलाई मित्रराष्ट्रमा आपर्ूर्ति गर्न चाहन्थे“ । एकातिरबाट ल्यायो अर्कातिर पठायो, म वास्तवमा देशमा करोडौ“ दीपक मल्होत्रा जन्माउन चाहन्थे“ ।" उहा“ले जोड्नुभो, "थाहा छ सरकार, दीपक मल्होत्रा को हुन् -"
"को हुन् -" प्रभुले सोध्नुभो । "एक जना अर्बपति," उहा“ले भन्नुभो । "ग्रेट म्यान," प्रभुको प्रतिक्रिया हाजिर भो । "म करोडौ“ नेपाली युवालाई दीपक मल्होत्रासरह अर्बपति बनाउन चाहन्थे“ । नेपालमा एक करोड अर्बपतिको सिर्जना हु“दा नेपालको इकोनोमी युरोपेली मापदण्डमा पुग्ने थियो । तर, परी थापाहरूले सारा योजना धराशयी पारििदए ।"
"कसरी -" प्रभुले सोध्नुभो । "संसदीय समिति गठन गरेर उनले लेखे- यसमा राजस्व चुहावट मात्र होइन, राजस्व बगावट भएको छ ।" त्यसपछि -" प्रभुले सोध्नुभो । "त्यसपछि अख्तियारको, चक्कर चक्करमाथि चक्कर," रवीन्द्रनाथजीले दिग्दारी मुद्रामा भन्नुभो ।
"भेरी स्याड," प्रभुले दुःखमनाउ गर्नुभो । "एउटा कुरा सोध्ने अनुमति छ सरकार -" उहा“ले शिष्टाचार थप्दै सोध्नुभो, "मलाई अख्तियार पठाउनाको कारण के थियो -"
"राजनीतिमा यस्तो नाटक गर्नुपर्छ," प्रभुले गम्भीर भएर भन्नुभो, "तिमीलाई पनि एउटा प्रश्न गरौ“ है -" उहा“ले र्समर्थनमा टाउको हल्लाएपछि प्रभुले थप्नुभो, "छिमेकीहरू तिमीलाई अपना आदमी भन्छन्, वास्तवमा तिमी आदमी हौ कि मान्छे हौ -" "म दुवै हु“ सरकार," रवीन्द्रनाथजीले प्रस्ट पार्नुभो, "नेपालको भूराजनीतिक परििस्थतिमा दुवै हुनर्ुपर्छ ।" प्रभुले कुरा नबुझेको भाव प्रकट गर्नुभो । रवीन्द्रनाथजीले भन्नुभो, "यो पिताजी महाराजको पञ्चायती रणनीतिक सिद्धान्तमा आधारति राष्ट्रवादी फर्मुला हो, यसलाई महेन्द्रवाद पनि भन्छन् ।"
"एक्सप्लेन इट †" प्रभुले आग्रह गर्नुभो । "पिताजी महाराज गजबको डिप्लोम्याट होइबक्सिन्थ्यो, सन् १९६५ तिरको कुरा हो, मौसुफले छिमेकीहरूलाई कालापानी अफर गरबिक्सियो- छिमेकीहरूले मौसुफलाई पञ्चायती व्यवस्थालाई र्समर्थन गर्ने वचन दिए । कालापानी छिमेकीको भो, पञ्चायती व्यवस्था हाम्रो भो ।"
"बुझ“े †" प्रभुले दोस्रोपल्ट भन्नुभो । "म अहिले पनि उतैको आदमी हु“, उताको नभई यताको हुन सकि“दैन, कालापानी छिमेकीलाई उपहार दिने पिताजी महाराजलाई अहिले पनि सबैभन्दा ठूलो राष्ट्रवादी त्यसै भनेका होइनन् ।"
"त्यसो भए त्रि्रँे राष्ट्रवादी सडक आन्दोलनमा छिमेकीको सद्भाव रहन्छ त -" "अवश्य †" रवीन्द्रनाथजीले लालकृष्ण आडवाणीको ताजा वक्तव्य देखाउ“दै भन्नुभो, "यहा“का हरेक आन्दोलनमा छिमेकीहरू धौ फुकाएर सहयोग गर्छन् ।" रवीन्द्रनाथजीको चातर्ुय देखेर प्रभु दङ्ग परेको देखिन्थ्यो । प्रस्तावित सडक आन्दोलन सफल हुनेमा विश्वस्त प्रभुले भन्नुभो, "यसमा मेरो रोल के हुन्छ -" केहीबेर अन्कनाएपछि रवीन्द्रनाथजीले भन्नुभो, "लजिस्िटक †"
"अर्थात् -" प्रभुले सोध्नुभो । "खर्चबर्च †" रवीन्द्रनाथजीले भन्नुभो ।
केहीबेरको मौनतापछि प्रभुले सोध्नुभो, "मैले त सुनेको थिए“, तिमी स्वयम्मा सक्षम मानिस हौ, मधेसमा मौजा छ, राजधानीमा दर्जनौ“ घर बनाएका छौ“ ।" "ती सबै मैले मुलुकका लागि र्समर्पण गरसिकेको छु," उहा“ले भन्नुभो । "प्रस्तावित आन्दोलन पनि मुलुककै लागि होइन र -" प्रभुले सोध्नुभो ।
"त्यसो होइन सरकार †" रवीन्द्रनाथजीले भन्नुभो, "सडक आन्दोलन मौसुफप्रति समर्पित हुनेछ ।

No comments: