Thursday 24 April 2008

Sailaja Acharya: A struggler

एक्लो यात्री शैलजा दिदी
िर्सजना दुवाल/झरना नहर्की
शैलजा आचार्यको जीवनकथा लेख्ने क्रममा हामी टिचिङ हस्पिटलको आईसीयु वार्डमा पुगेका थियौं । नेपालकै उच्च व्यक्तित्व भएकी नेतृ शैलजालाई भेट्न जा“दा इन्फेक्सनको डरले हामीले हरयिो कोट लगाउनुपर्‍यो । नेपाली राजनीतिमा सुपरििचत आचार्यलाई अनेकौं ठाउ“मा घोचेर पाइप जडान गरी शय्यामा सुताइएको दृश्य देख्दा जोकसैको आ“खा रसाउन सक्छ । हजारौं कार्यकर्ताको सुख-दुःखको ख्याल राख्ने आचार्यलाई स्वास्थ्य परचिारकिाहरूले स्याहार-सुसार गररिहेका थिए । हामीले उनलाई नमस्कार गरी तपाईंका बारेमा कथा लेख्न लागेको भनेर सांकेतिक भाषामा बुझायौं । उनका आ“खाले धेरै कुरा भन्न खोजिरहेका थिए तर उनले घा“टी नजिक हा लगेर हल्लाउ“दै बोल्न नसक्ने संकेत गरनि् । हामीले भगवान्स“ग उनको सुस्वास्थ्यको कामना गर्‍यौं ।
पा“ च दशकदेखि राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि संर्घष्ा गरेकी शैलजा यतिखेर शिक्षण अस्पताल महाराजगन्जको इन्टेन्सिभ केयर युनिट -आइसीयू) को शय्या नम्बर ६ मा उपचारका क्रममा भर्ना भएको ६ महिना भयो । दिल्लीमा आमाको उपचार गर्न गएकी शैलजा आफै अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा सामान्य सुधार अएपछि उनी काठमाडौं आइन् तर उही रोग फेर िबल्भिmयो र शिक्षण अस्पतालमा भर्ना हुनुपर्‍यो । डा. जगदीश अग्रवाल तथा कवीरनाथ योगीको टोलीले यतिबेला उनको दर्ीघायुको खोजी गररिहेको छ । पुस १७ गतेदेखि निरन्तर कृत्रिम श्वास-प्रश्वास उपकरण -भेन्टिलेटर) को भरमा रहेकी शैलजा एस्परेसन निमोनियाले ग्रस्त छिन् । फोक्सोको समस्याले श्वास-प्रश्वासमा समस्या आएको छ । निमोनियाका जीवाणु रगतमा पुगेका छन् र जीवाणुले पारेको संक्रमण नियन्त्रणमा आइसकेको छैन । यतिमात्र होइन, पार्क इन्सोलिजमबाट पनि आक्रान्त छिन्, शैलजा । डा. अग्रवाल भन्छन्, पार्क इन्सोरेन्सले ड्रि्रेसन हुन्छ । शरीरमा प्रोटिन तथा क्याल्सियमको कमी छ । शारीरकि रूपले गम्भीर मोडमा पुगेकी शैलजाको राजनैतिक जीवनमा पनि यसले असर पारेको छ । उनका समकालीन शेरबहादुर देउवा, रामचन्द्र पौडेल अगाडि गैसकेका छन् । राजसंस्थाप्रति नरम दृष्टि राखी जनआन्दोलनमा निष्त्रिmय बसेका कारण पार्टर्ीी शैलजाको भूमिका कमजोर हु“दै गएको थियो । नेपाली कांग्रेसको गत असोज ९ गते बसेको महासमितिको बैठकले छ दशक पुरानो संवैधानिक राजतन्त्रको जामा फुकाल्यो । शैलजा पनि उपस्थित उक्त बैठकले औपचारकि रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अंगाल्यो । शैलजा त्यसपछि राजनैतिक जीवनबाट झनै विरक्तिइन् । पार्टर्ीी कुनै भूमिका नदेखेपछि आफ्नो र आफ्नी आमाको उपचार गर्न सहज हुने भन्दै राजदूत पद मागेर शैलजाले आफ्नो खुट्टामा आफैं बन्चरो हानिन् । त्यहीे माग पूरा गर्न कोइरालालाई झन्डै १८ महिना लाग्यो । संसदीय सुनुवाइमा उनले स्पष्टीकरण दिनुपर्‍यो । जहा“ उनले आफू जनआन्दोलन दर्ुइको विरोधी तथा राजाको र्समर्थक नभएको बताइन् । जसोतसो राजदूतका निम्ति उनको नाम प्रस्तावित भयो । पछिल्लो समयमा वामपन्थीहरूस“गको सहकार्य र गणतन्त्रविरुद्ध रहेकी शैलजाको जोड कांगे्रसले आफ्नो परम्परा तथा पहिचान गुमाउन नहुने रह“दै आएको छ । उनको तर्क अप्ठ्यारो भयो भन्दैमा आफ्नो सिद्धान्त नै त्याग्न हु“दैन भन्ने थियो । सदैव उनले मध्यमार्गीको भूमिका निर्वाह गरिरहेकी छिन् ।बी.पी.को राजनैतिक सिद्धान्तलाई अनुसरण गर्दै अटल सोचका कारण पछि पर्दै गइन् । उनका सपना राजनैतिक कुरुक्षेत्रमा निको नहुने गरी घाइते भए । २०१७ सालमा प्रजातन्त्रलाई गलहत्याउ“दै जननिर्वाचित सरकारलाई सिंहदरबारबाट धपाएपछि राजा महेन्द्रको घा“टी काट्नर्ुपर्छ भन्थिन्-शैलजा तर उही शैलजा बी.पी.को मेलमिलाप र राष्ट्रिय एकताको अवधारणा लिएर ०३३ पुस १६ गते भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएपछि लगातार राजसंस्थाको अपरहिार्यता र वामपन्थीहरूस“ग न टाढा न निकटको मध्यमार्गी धारको वकालत गर्दै आएकी छिन् । राजनीति अस्वाभाविक ढंगले चलायमान भएकोमा खिन्न शैलजा अझै पनि बी.पी.कै भाका बोल्छिन् । शैलजास“ग राजा महेन्द्रको कदमको विरोधमा ओर्लिएका सरोजिनी प्रधान, विजय बराल, कुन्दन शर्मा कांगे्रसको राजनीतिबाट हराए । उतिबेला भारतीय नेता चन्द्रशेखरलाई नेपाल र प्रजातन्त्रको पक्षमा लबिङ गराउन र साउथ ब्लकलाई त्यसका लागि सहयोगी बनाउन शैलजाको महत्त्वपर्ूण्ा भूमिका थियो । भ्रष्टाचारको मुद्दा उठाउ“दा पार्टर्ीीत्रबाट असहयोग भएपछि उनले मन्त्री पद त्यागिन् । पटक-पटक जेल यात्रा र निर्वासन भोगेकी शैलजालाई उनका मामा प्रधानमन्त्री कोइरालाले प्रजातन्त्रको पुनस्थापनापछि २०४८ मा गठित सरकारमा कृषि तथा वन मन्त्रीपछि उप-प्रधानमन्त्री तथा जलस्रोत मन्त्रीको जिम्मेवारी दिए । आचार्यलाई पार्टर्ीीप-सभापतिको जिम्मा पनि कोइरालाले नै दिएका हुन् । शैलजाले मन्त्रालयहरूमा भ्रष्टाचारको कुरा उठाइन् र राजीनामा नै दिएर हि“डिन् । पार्टर्ीीत्र भ्रष्टाचारीहरूको चलखेल बढेको भन्दै प्यानको शुद्धीकरणका लागि अनेकौं क्रियाकलाप गरिन् । उनकी आमाको विचारमा सरकारमा रह“दा पार्टर्ीीे कार्यशैलीबाट असहमत छोरीले प्रजातन्त्रको नाममा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रमाथि सम्झौता गर्न नहुने बी.पी.को विचारलाई जोगाउ“दै आएको बताइन् । देशमा प्रजातन्त्र नरहे देशमा प्रतिकुल प्रभाव पर्ने भएकाले त्यसको विरोधमा उनले सदैव खबरदारी गर्दै आएकी छिन् । सम्पत्तिको नाममा उनको पुख्र्यौली सम्पत्ति बाहेक वनारसको एक टुक्रा जग्गा हो । हालसम्म उनले घर बनाउन सकिनन् । शैलजा भन्छिन्-देश कमजोर हुनासाथ प्रजातन्त्र रह“दैन, देश बलियो बनाउने नाममा अर्काे तानाशाहको जन्म हुन्छ, त्यसले र्सवप्रथम प्रजातन्त्रलाई नै फाल्छ । शैलजाले पद, प्रतिष्ठा र पैसाका लागि कहिल्यै सम्झौता गरनिन् । आफ्नो सम्पत्ति भाइ प्रदीप आचार्यलाई जिम्मा दिई काठमाडौंमा बस्दै आएकी छिन् । अहिले उपचारका लागि सरकारी स्रोतबाट व्यवस्था नमिलेको भए निकै कठिन हुने थियो । हालसम्म औषधिमा मात्र ३ लाखभन्दा बढी खर्च भैसकेको छ । सरकारी तहबाट पनि २ लाखको चेक उहा“का लागि बनिसकेको छ-उहा“की बुहारी मिता आचार्य बताउ“छिन् । तीन महिना पहिलेदेखि मृत्यु र जीवनस“ग लडिरहेकी शैलजाको स्थितिमा निकै सुधार आएको छ । काठमाडौं आउ“दा आधा घन्टा मात्र ढिलो भएको भए के हुन्थ्यो-के हुन्थ्यो मिता आचार्य भन्छिन् । निमोनियाग्रस्त शैलजालाई हाल पाइपका माध्यमबाट तरल पदार्थ ख्वाइएको छ । मुखबाट खाना खा“दा र्सकेर रोग बल्भिmएका कारण अहिले उनलाई नाकबाट ख्वाउन थालिएको हो । उक्त खाद्यपदार्थमा अण्डादेखि लिएर शरीरलाई चाहिने सम्पर्ूण्ा पौष्टिकपदार्थ हुन्छ । शैलजाको क्रमिक सुधार देखेर आशावादी मिता यसरी नै सुधार हु“दै गए उपचारका लागि बाहिर जानु राम्रो हुने धारणा व्यक्त गर्छिन् ।अविवाहित शैलजा राजनीतिमा समाजवादी हुन् भने धर्ममा अधोरवादी । त्यसैले उनमा जीवनप्रति कुनै माया र मोह देखि“दैन । उनी पछिल्ला दिनमा सिद्धपुरुष भनिने अधोरसाधक अवोदूत भगवान् रामकी दीक्षित शिक्षा हुन् । बनारसमा रह“दा नै अधोरपन्थतर्फढल्किएकी शैलजाका गुरु आजभन्दा १६ वर्षघि नै बितिसकेका छन् । यद्यपी अहिले पनि ती अधोरपन्थका हस्तीलाई उनी आफ्नी आमा र बी.पी.लाई जत्तिकै श्रद्धा गर्छिन् । आईसीयूको शय्यामाथि पनि अधोरबाबाको तस्बिर राखिएको छ । अतिवादबाट मानव कल्याण हु“दैन भन्ने अधोरपन्थको दर्शनलाई शैलजाले सधै पछ्याइन् । महिलाको जीवनमा विवाहले निकै महत्त्व राख्छ भन्ने हाम्रो समाजको सोचलाई उनीले पछ्याइनन् । श्रीमान्लाई भगवान्सरह वा बलियो संरक्षक मान्नेहरूलाई उनले चुनौती दिइन् । शैलजाले किन विवाह गरनिन् यो प्रश्न सधै अनुत्तरति छ । उनलाई बुझ्नेहरू कुनै समयमा परविार तथा विवाहका बारेमा उनले विचार गरेको बताउन हिचकिचाउ“दैनन् । पछिल्लो समयमा आएर उनी एक्लिएकी छिन् । सधैं आफ्नो कुरामा जोड दि“दै आफू एक्लै पनि हि“ड्न सक्छु भन्ने भावनाले पनि उनलाई एक्लो बनाएको छ । यद्यपि आफ्नो जीवन राष्ट्रप्रति र्समर्पण गर्ने यी नेतृप्रति सम्पर्ूण्ा मुलुक नै नतमस्तक हुनर्ुपर्छ । आफ्नै मामा गिरिजाप्रसाद कोइरालास“ग मनमुटावबाट उनीहरूको विवाद सिर्जना भयो । संर्घष्ामै जीवन समर्पित गर्नु सामान्य कुरा होइन । त्यो पनि महिलाका लागि त ठूलै चुनौती हो । राजनैतिक क्षेत्रमा सक्रिय महिला नेतृ शैलजा आचार्य सानैदेखि आन्दोलनमा होमिएकी सफल नारी हुन् । विराटनगरमा जन्मिएकी शैलजाको घर-परविारमा राजनैतिक वातावरण थियो । उनी एस.एल.सी. पछि अध्ययनका लागि पटना गइन् । फर्केर आउ“दा नेपालमा पहिलो आमनिर्वाचनको चहल-पहल थियो जसबाट विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । चुनावको बेला शैलजाको सक्रियता देखेर सबैजसो नेताले- 'तिमी राजनीतिमा आउनर्ुपर्छ' भन्थे । त्यसैले पद्म कन्या क्याम्पसमा आइ.ए. पढ्दा-पढ्दै उनी राजनीतिमा प्रवेश गरनि् ।कसैस“ग नडराउने, हठी स्वभावकी शैलजाले वि.सं. २०१७ सालको कदम लगत्तै राजा महेन्द्रलाई कालोझण्डा देखाएकी थिइन् । त्यसपछि जेलमा बस्दाको यातनायुक्त स्मरण उनको मस्तिष्कमा अझै ताजा छ-खाने, सुत्ने तथा शौचालय सबै एकै ठाउ“मा गर्नुपथ्र्यो । दिसा-पिसाब एउटा भा“डोमा गरेर बिहान फाल्न जान्थ्यौं । पानीको पनि निकै अभाव थियो । मुस्किलले पिउने पानी पाइन्थ्यो । पछि सेन्टर जेलमा गएपछि नारा लगाइयो, गीत गाइयो, नाचियो, भाषण पनि गरयिो । १४ पैसा र चामल दिइन्थ्यो, खान नपुग्ने, सुत्न नसकेर मर्ूछा पथ्र्यौं । खान नपुगेपछि माल न्यूटे्रसन भएर मलाई इन्जेक्सन दिनुपरेको थियो । जस्तै दुःख भए पनि देश र जनताको हितका लागि प्रजातन्त्र ल्याई देशमा आमूल परविर्तन गर्ने उनको ठूलो चाहना थियो ।शैलजा भन्छिन्-३० वर्षो राजनैतिक संर्घष्ाभर िदेशका लागि मरे मरौंला भन्ने सोचेर नै हरेक आन्दोलनमा डटेर लागें । राजनीति गर्दा-गर्दै बनारसमा मैले सोसोलोजीमा एम.ए. गरें । ने.वि. संघको जन्म हुनुभन्दा पहिले हामीले तरूणहरूको अधिवेशन गर्‍यौं । जहा“ सभापति म र रामचन्द्र पौडेल महामन्त्री भयौं । संर्घष्ाका दिनहरूमा मैले 'तरूण' पत्रिकाको सम्पादक भएर पनि काम गरें । जसमा वी.पी.लगायत अन्य प्रजातन्त्रवादी नेताका लेखहरू छापिन्थे । म केटाको जस्तै छोटो-छोटो केश, जिन्सको पाइन्ट, कोट लगाएर बोर्डर-बोर्डरमा हतियार संकलन गर्थें । हतियार संकलनका क्रममा मेरा थुप्रै सहयात्री डा“कु तथा चोर पनि भए । उनीहरूका माझ म एक्ली युवती थिए“ । त्यसैले उनीहरू सोध्थे-तिमीलाई हाम्रो डर लाग्दैन - तर ममा त्यतिबेला ठूलो जोस थियो, डर थिएन । मैले बटुलेका हात-हतियारहरू ओखलढुंगा काण्डमा काम लागे । यसरी दिनहरू बित्दै थिए, हामी सबैले नेपाल र्फकने निर्ण्र्ाागर्‍यौं ।नेपाल आउनेबित्तिकै हामीलाई एयरपोर्टबाट जेल लगियो । २०४२ सालको सत्याग्रहपछि म पुनः जेल बसें । घरको राजनैतिक वातावरण, पारविारकि संस्कार तथा देशको परििस्थतिले मलाई सधैं राजनीतिमा झस्काइरह्यो । त्यसैले मैले राजनीतिलाई छाड्नै सकिन । २०४६ सालको आन्दोलनमा म एक्सन कमिटीमा बसें । अरूजस्तो जेलमा परनि, म भूमिगत थिए“ । आन्दोलन सञ्चालन गर्ने जिम्मेवारी मेरो का“धमा थियो । म समय-समयमा जनआन्दोलनका कमाण्डर गणेशमान सिंहस“ग आन्दोलनका बारेमा सरसल्लाह गर्थें । म उहा“स“ग आन्दोलन फितलो भएको गुनासो गर्थें तर उहा“ आत्तिनुहु“दैन भनेर सान्त्वना दिनुहुन्थ्यो । २०४६ सालको आन्दोलनपछि नेपालमा प्रजातन्त्रको पुनस्थापना भयो ।त्यसपछि मोरङबाट चुनाव जितेर म कृषि मन्त्री पनि भए“ । एक वर्षछि मैले राजीनामा दिए“ । पछिल्लो पल्ट जलस्रोत तथा उप-प्रधानमन्त्री बनें । जलस्रोत मन्त्री हु“दा मैले साना जलविद्युत् आयोजनालाई प्रोत्साहन गरें ।
(Source: Nari Monthly)

No comments: