Saturday 24 July 2010

महिलाका बाटाका काँडा र फूलहरु

-by आशा खत्री

"श्रीमान्को रोगको उपचार गर्न नसकेपछि एक महिलाले नौमहिने बालकसहित एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेकी छिन् " सावन्, २०१०, नयापत्रिका दैनिक

यो समाचार पढे पछी हामी नेपाली महिला हाम्रो परिबेश अनी हाम्रो अवस्था समस्या को बारेमा जानी नजानी केही भावना हरु लेख्न मन लाग्यो देशमा कती नेपाली महिला हरु छन् जो आफ्नो श्रीमान् को दयनिय अवस्था देखेर केही गर्न नसकी आत्महत्या जस्तो गलत बाटो अपनाउदछन अनी यही समाज हो जहाँ कोही कोही आफ्नो श्रीमान् लाई मारेर अर्को मान्छेसित बिहे गर्ने सपना पनि देखी रहेका हुन्छन (हाल्सालै मैनाबगरमा आफ्नो श्रीमान् लाई मार्न सहयोगी भूमिका खेल्ने माओवादी छापामार को समाचार )

यि दुई भिन्न परिबेश भिन्न समाचार ले एक नारी भित्र रहेको फरक फरक रुप, भावना बिचार लाई प्रतिबिम्बित गर्दछ नारी शक्ती कि पुन्जी हुन नारी संसार भरी कि पुज्य बिम्ब हुन, किनकी नारी भित्र त्याग समर्पण को बेमिसाल मिश्रण श्रीमान् को उपचार गर्न नसक्ने बिवस्ता भित्र लुकेको उन्को पीडा, अनी श्रीमान् को दु: देख्न नसक्ने उन्को भावना जती पवित्र , जती अनुकरणिय , उन्ले चालेको कदम चाँही गलत तर एक अनपढ महिला जस्को संसार प्रती को दृष्टिकोण सागुरो , जस्को आफ्नो संसार तेही श्रीमान् को हासिखुशी मा मात्रै सिमित अनी उन्ले के गरुन बिचरी महिला हकहित मा ठुला ठुला परवचन दिने, देश - बिदेश बाट मनग्य बिधा को पोको सर्टिफिकेटको भारी बोकेका हरु को पनि अवस्था त्यो भन्दा फरक केही छैन तिनीहरुका असीमित ज्ञानका पोका हरु यि यस्ता दुखी दिदी बहिनिहरु को मुहारमा परिवर्तन ल्याउन होइनकी आफै जान्ने, आँफै सुन्ने, आफ्नै सुखशयल को महल ठडयाउने कम्जोर अशक्त देखे भने खिजयाउने भन्दा भिन्न केही देख्न सकिएको छैन कम्तीमा अहिलेसम्म !

"मान्छे जती जती पढ्दै अगी बड्दै जान्छ, तेती तेती आत्मकेन्द्रित स्वार्थी हुँदै जान्छ" कम्तीमा यो भनाइ हाम्रो देश को पढेलेखेका नामिगिरामी मानिसहरुमा भने करीब करीब शतप्रतिशत मिल्दछ अहिले सम्ममको मेरो सानो अनुभव भोगाई हरुले पनि उक्त भनाइहरुलाई झुठो साबित गर्न सकेका भने छैनन है ।

राजनीति प्रती मलाई कहिलै विश्वाश भएन र छैन पनि तथापी शैलजा आचार्य, साधना प्रधान, शहाना प्रधान, अनुराधा कोइराला, सिता दाहाल, चित्रलेखा यादवहरुको सफा र सुन्दर बिगत र बर्तमानले अनी उनीहरुको त्याग, तपस्या र समर्पणले सदा खुशी र भावबिहल बनाउछ मलाई । यि ठुला ठाउँमा पुगेका र एउटा सुन्दर ईतिहास बनायीसकेका महान नेपाली महिला हरु सित भेट्ने र उनिहरुबाट प्रेरित हुने अवसर अहिले सम्म मिलेको छैन मलाई। म भेट्न पनि चाहन्न यि महान देवी हरुलाई।। मैले जुन देवीको पारुप कोरेकी छु उहाहरु को बारेमा, तेस्मा निमेश भर कम भएको सुन्न र हेर्न सक्दिन म उहfहरुलाई प्रतेक्ष भेटेर ! यो निस्वार्थ नाता हो । केही लिने र दिने बिचको नाता होइन उहाहरू र मेरो बिच्को । यो हो नाता बिचार र आस्थाको, भग्वान र भक्तको । यि सबै देबीहरु यो स्वार्थी समाज र यही "ठुलो-सानो, हानथाप" जस्तो कुरुप हिलोमा संघर्ष र त्यागको प्रतापले ढकमक्क फुलेका सुन्दर फूलहरु हुन् । उहाँहरु सबैलाई कोटी कोटी प्रणाम् ।

जीवन मा केही नेपाली दिदी बहिनीहरु केही बिदेशी महिला मित्रहरु सित नजीकबाट संगत ब्यवहाँर गर्ने मौका मिल्यो धेरै महिला हरुको सुन्दर बिचार संघर्ष, त्याग तपस्या को बारेमा जान्ने मौका मिल्यो धेरै महिलाहरुको जीवनशैली बिचार मृत्युप्रयन्त सम्झने सदा स्मरणिय रह्यो, भने केही को लाई निमेश भर सम्झदा पनि पीडा दिने (जस्लाई सम्झनु भन्दा बिर्सनु नै सुखद पियारो हुन्छ) रह्यो सुख दु:खमा साथ आँट दिने ति महान् दिदिबहिनी लाई सलाम, ति बिझौने झुसिल्किरा हरुलाई पनि धेरै धेरै सलाम ।।

मेरो जीवन मा सारहै प्रभाव पार्ने महान् महिला हरुमा मेरो स्कुल पढ्दा कि मेरी पियारी साथी ललिता शेरचन सदा अग्रपन्क्तीमा आउछिन त्याग, सँघर्ष, लगन, इमन्दारिता, मेहनत, शाहस कि यि प्रतिमुर्ती लाई एक पल सम्झिदा पनि सुखको अनुभुती हुन्छ मान्छे भएर जन्म लिएको मा गर्ब हुन्छ, भविस्य प्रती आशा विश्वाश थपिएर आउछ ! हे भगवान् संसारमा मेरी साथी ललिता शेरचन जस्तो महान् बिचार भावना भएका साहसि, निस्कपट, निस्वर्थी छोरीहरुलाई नेपालमा धेरै धेरै जन्म देऊ, उनिलाई संसार भरीको खुशी देउ !!

यस्तै महान् दिदिबहिनीहरुको सम्झना गर्दा प्रतिमा देवकोटा, उशा पौडेल, बब्बी पाण्डे लगायत अरु थुप्रै दिदी बहिनी को सम्झना ले पनि हृदय प्रफुल्लित भएर आउछ हरेक दु: सुखमा सदा सहयोग गर्न अगाडि तम्सने, सबै जनाको हित मात्रै चिताउने, रतिभर पनि छलकपट नभएका, सदा दिन मात्र जान्ने, मिलनसार, सफा हृदयकी यि महान् दिदी बहिनीहरु सित केही समय सँगै बिताएका थियौ भन्दा खेरी पनि मन हर्षले प्रफुलित हुन्छ भविस्यमा फेरी ति दिदी बहिनी सित बस्ने दिन कहिले आउँला खै ! उहाँ उहाहरु जस्तै महिलाहरुले गर्दा हो अहिलेको जमाना मा पनि मानवियता मर्न घट्न नदिएको शायद बच्चै देखिको लालन पालन को असल प्रभाव ले होला उहाँहरुमा मणितुल्य गुणहरुले भरिपूर्ण भएको उहाहरुमा रहेको गुण हरुको दशान्स मात्रै सबैमा भईदिय यो सुन्दर संसार अझै कती सुन्दर हुन्थ्यो होला ! उहाहरुको तेही दशान्स (/१०) गुणहरुलाई भएपनी हृदयको गहिराईबाट नै पछयाउने प्रयास गरिरहनेछु ! म मेरी पियारी छोरी आरजुमा पनि उहाँहरुको जस्तो सदगुणहरुले भरिपूर्ण भएको हेर्ने अभिलाषा राख्दछु ।

2 comments:

Anonymous said...

Good write up! you should write in future too. I am impressed with

Anonymous said...

phhol ko ankha ma phoolai sansar kanda ko ankha ma kadai sansar..............