Tuesday, 12 October 2010

Graduate Research Assistantships in forestry and forest science

The School of Renewable Natural Resources offers generous graduate research assistantships for students interested in graduate studies in applied forest ecology and forestry leading to Ph.D. or MS degrees. Louisiana has an abundance of natural resources that are found in a diversity of terrestrial and aquatic habitats ranging from coastal marshes to upland forests. These resources, combined with the subtropical climate and the geomorphology of the state, are the foundation of the unique culture of Louisiana. Creative students are needed to investigate potential threats to the maintenance of forest resources such as urban sprawl, subsidence, and climate change. Students are also needed to develop techniques for recovering special habitats associated with longleaf pine, shortleaf pine, and cypress-tupelo cover types. We seek students with interest in one or more discipline areas represented by faculty in the School, with the ultimate goal of basic or applied research that supports management and restoration of forest resources and habitats to enhance the quality of life in Louisiana.

These graduate assistantships are supported by the Lucis Wilmont Gilbert Foundation for Forestry Research. Successful applicants will have academic credentials that generally place them in the upper 5 % of applicants to the graduate program in the School of Renewable Natural Resources based on GRE scores, GPA, letters of references, and other evidence of the applicant's potential. In addition to the research assistantship, instate and out-of-state tuition is waived, and recipients will receive a scholarship to cover fees and travel support present papers or posters at scientific meetings.

For more information about research opportunities, look at our web site at http://www.rnr.lsu.edu/Research/Research.htm. For more information about Gilbert Research Assistantships contact Thomas J. Dean by email (fwdean at lsu.edu), by mail (School of Renewable Natural Resources, Louisiana State University, Baton Rouge, LA 70803), or by phone (225-578-4216).

Read more...


विजया दशमी को सुभकामना है सबै साथी भाई हरुलाई, हाम्रो परिवार को तर्फा बाट । Read more...

Saturday, 25 September 2010

International Cultural Evening in Goettingen

These are few photos of the international Cultural Evening organised at Goettingen, Germany. Our nepalese friends participated on the programme and presented nepalese cultural events, foods and costumes. Bishal Ghimire, Rajesh Malla, Binita Shahi and Sunita Ranabhat presented rich nepalese cultures among the international students and professionals at Goettingen. As in reality, all the participants were fascinated with nepalese foods, costumes and rich nepalese culture.
International professionals posing with nepalese students...
The participation of international students were quite encouraging...
Namaste.....::::: Greetings from Nepal? Nepalese!
Our lovely and unique national flag...
Chukauni.....a tasty nepalese food made of Potato
Do you like this?
Rajesh and Sunita jee in nepalese constumes..
Bishal jee and Rajesh jee
Sunita jee and Binita jee.. Read more...

Monday, 13 September 2010

Teej celebration in Goettingen










Some delicacies prepared for TEEJ 2010 in Goettingen, Germany ! Read more...

नया रूप र रंग मा हाम्रो ब्लॉग


यो हाम्रो वेबसाईट को नया तयार गरिएको हेडिंग हो, कृप्या सल्लाह दिनु होला । Read more...

TEEJ celebration in Goettingen, Germany




















These are some of unsorted, and unedited photos of these celebration in Goettingen, Germany! Read more...

Saturday, 11 September 2010

Heartly welcome to Rajesh family

Rajesh Malla Sunita Ranabhat Malla

We would like to welcome Mr. Rajesh Malla and Mrs. Sunita Ranabhat in Goettingen. Mr. Rajesh Malla, research officer in the Ministry of Forests and Soil Conservation in Nepal has awarded a very reputed Ph.D. Scholarship to continue his research on forest inventory in Goettingen university. He has recently arrived in Goettingen. He is accompanied by Mrs. Sunita Ranabhat Malla. By profession, she is also the forester and has served many national and international forestry organisation in different positions. We would like to extend our best wishes for their successful stay in this beautiful city, Goettingen, Germany! Read more...

Monday, 30 August 2010

Exclusive interview with former crown prince PARAS

Source: Sagarmatha TV



Read more...

Saturday, 28 August 2010

प्रेरणाको एक अनुपम शिखर

BY जगदीश घिमिरे, Kantipur Daily

झमक घिमिरेको हालै प्रकाशमा आएको पुस्तक 'जीवन काँडा कि फूल' प्रेरणा-साहित्यको एक अनुपम शिखर हो ।
जन्मदेखि नै हातगोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने, तर सुन्न र बुझ्नचाहिँ सक्ने झमकले यसमा आफ्नो जीवनको अत्यन्त मर्मस्पर्शी अनुभव लेखेकी छिन् । झमकले यस पुस्तकमा व्यक्त गरेका भवनाहरू प्रत्येक सबलाङ्गका लागि हाँक हुन् भने प्रत्येक अशक्त र सशक्तसमेतका लागि प्रेरणास्रोत हुन् ।

झमकको यो कृति नेपाली प्रेरणा-सहित्यको मात्रै शिखर होइन, मैले हालसाल पढेका अमेरिकी प्रेरणा-साहित्यका करिब एक दसकयताका बहुचर्चित 'बेस्टसेलर'हरू- मिच एल्बमको 'ट्युजडेज विथ मौरी' र 'र्‍यान्डी पौश र जेफरी ज्यास्लोको 'दि लास्ट लेक्चर'भन्दा पनि उचस्तरीय छ । 'ट्युजडेज विथ मौरी' अमेरिकाको एक प्रोफेसर मौरी श्वात्र्ज प्राणघातक स्नायुरोगले मर्न लागेको बेलाको कथा हो ।

मरणासन्न बूढो गुरु र जवान पत्रकार चेलाका बीच भएको वार्तालापको तानाबानाले बनेको यस पुस्तकमा जीवनका गहन अनुभव र ज्ञानका कुरा छन् । जीवन-सन्देश छन् । प्रेरक सहित्य छ । यो सानो पुस्तक २००० सालमा अमेरिकामा सर्वाधिक बिक्रीको अग्रपंक्तिमा रह्यो । लाखौंलाख प्रति बिके । यसमा टेलिफिल्म बने ।

एक प्रतिष्ठित विश्वविद्यालयको ४५ वर्षे प्रोफेसर र्‍यान्डी पौशलाई सेप्टेम्बर २००६ मा प्यान्त्रिmयाज

-पक्वाशय वा पाकन्थली) मा प्राणघातक क्यान्सर भएको थाहा भयो । उपलब्ध आधुनिकतम उपचार गरे पनि अगस्त २००७ मा उनलाई- 'तीनदेखि छ महिनासम्म राम्रो स्वास्थ्य' रहने हदम्याद दिइयो ।

अनि उनले आफ्नो विश्वविद्यालयमा बाल्यकालीन सपना साँच्चै साकार पार्ने विषयक अन्तिम र आशावादी प्रवचन दिए, जसलाई पछि पत्रकार जेफरी ज्यास्लोसँग मिलेर 'दि लास्ट लेक्चर' नामक पुस्तकाकार दिए ।

अमेरिकामा डेढ वर्षभन्दा बढी सर्वाधिक बिक्रीको सूचीमा रहेको 'दि लास्ट लेक्चर'का लाखौं प्रति बिके । र्‍यान्डी पौश रातारात विशाल अमेरिकाका एक सेलिबि्रटी भए । अनेक मान, सम्मान र पुरस्कार पाए । अनेक टेलिभिजन कार्यक्रम बने, फिल्म बने जसमा प्रतिष्ठित सिनेमा बनाउनेले र्‍यान्डीलाई खेल्न निम्त्याए, र्‍यान्डीले खेले । अमेरिकाका छापा लगायत सबै सञ्चारमाध्यमले र्‍यान्डीको जीवन- सन्देशको व्यापक प्रचार-प्रसार गरे । र्‍यान्डी २००८ मा बिते ।

झमक यस देशको गहना हुन् । सेलिबि्रटी हुन् । उनलाई आजसम्म ज-जसले माया र प्रोत्साहन गरेका छन्, ती धन्य हुन् । झमकको जीवन, जीवन-संघर्ष र जीवन-सन्देश जति महत्त्वपूर्ण र उच्चस्तरीय भए पनि हाम्रो सरकार, हाम्रा नागरिक संस्था वा सञ्चार व्यवसायले झमकलाई अपवादबाहेक खासै मूल्यांकन र प्रोत्साहन गर्लान् जस्तो लाग्दैन । त्यो हाम्रो दुर्भाग्य हो । तर यो पुस्तक पढ्ने र मर्म बुझ्ने पाठकले निसन्देह उनलाई माया, मान र प्रोत्साहन गर्नेछन् ।

चार वर्षअघि मलाई मल्टिपल माइलोमा भन्ने क्यान्सर लागेको थाहा भयो । डाक्टरले जीवनको म्याद तोके । उपचारको क्रममा अस्पतालमा मैले 'अन्तर्मनको यात्रा' लेखेँ । प्रकाशित भएपछि पुरस्कारहरू पायो र प्रेरणा-साहित्यका रूपका राम्रै चर्चा पायो ।

झमकको बाहेक माथि चर्चा गरिएका तीनैवटा पुस्तकका नायकहरू सबलाङ्ग हुन् । औकात र अवसरअनुसार राम्रो स्कुल, कलेज र विश्वविद्यालयको शिक्षा पाएका थिए । सफल व्यावसायिक जीवनयापन गरेका थिए । संसार डुलेका थिए । घातक रोगले प्रहार गर्नु अघिसम्म आफ्ना सबै इन्दि्रयहरूको उपयोग गर्न पाएका थिए । चाहेका किताब पढ्न पाएका थिए । रोजेको संगत गर्न पाएका थिए । उनीहरूका ती पुस्तकहरू त्यसबेला लेखिए, जब तिनका नायकहरूले अप्रत्याशित रूपमा ऐनामा आफ्नो प्रतिविम्बको रूपमा कालको अनुहार देखे । दुई अमेरिकीहरू बितिसके । म कालको तारिख धान्दैछु ।

तर झमकले ऐनामा हेर्दा आफ्नो प्रतिविम्बको रूपमा कालको अनुहार देखेर यो पुस्तक लेखेको होइन । त्यसैले उनको जीवनको अनुभव र यस पुस्तकमा त्यसको अभिव्यक्ति माथिका तीनैवटा 'बेस्टसेलर" पुस्तकहरूभन्दा उच्च छ । किनभने उनको जीवनको संघर्ष हामी तीनैजनाको भन्दा उच्च छ । झमकले यस पुस्तकमा लेखेका

प्रत्येक शब्द जीवनको गहिरो र आत्मानुभूतिका उपज हुन् । लुला हातगोडा, विकलाङ्ग शरीर लिएर 'कति छाक भोकभोकै बस्ने परिवार'मा जन्मेकी झमकलाई जन्मनेबित्तिकै स्वजनले 'मुर्कुट्टा' भने । दशैंमा टीका लाएर उनलाई 'चाँडै मरेस्' भन्ने आसिक दिए । उनले कुनै पाठशाला र गुरुबाट सिक्न पाइनन् । सिक्न खोज्दा 'तैंले सिकेर के गर्छेस् ?' भनियो । गोडाको बूढीऔंलाले छर्छरी रगत निकाल्दै भुइँमा कपुरी क लेख्दा भुइँ भत्काई भनेर गाली गरियो । कापीकलम माग्दा कुटाइ खाइन् । कहिलेकाहीं ओठमा उमि्रएको हाँसो पनि 'धेरै नहाँस्' भन्ने आदेशमा विलाउँथ्यो । मान्छेले उनलाई अलच्छिनी भने, बाटो छले । जोखाना हेर्नेले सन्तान पिर्छे भने । पाँच वर्षको हुँदा भात खुवाइदिने बजू मरेपछि गोडाका औंलाले मुछेर भात खान थालिन् । भोकै-नाङ्गै हुर्किसकेपछि आफंैले विस्टा पुछ्ने प्रयत्नमा विस्टामा लट्पटिँदै, नौ-दस वर्षको हुँदा घरमा कोही नभएको बेलामा घर बनाउन आएका सिकर्मी-डकर्मीबाट फाटेको लुगाबाट देखिने गुप्ताङ्गमा ताकेर मसिना ढुंगाले हानेर र कुरीकुरी भनेर गरेको यौनशोषण सहने जस्ता अनेक आपत्-विपत् सहँदै उनी हुर्किन् ।

उनलाई कसैले अक्षर सिकाएन, बहिनीलाई पढाएको सुनेर सिकिन् । बहिनी पढिरहेको, लेखिरहेको ठाउँमा जाँदा 'डिस्टर्ब भयो' भनेर हप्काउँथे र उनले परै बस्नुपथ्र्याे । उनी लेख्छिन्- 'बाबाले बहिनीका औंला समातेर अक्षर लेख्न सिकाएजस्तै मलाई पनि सिकाइदिए कस्तो जाती हुन्थ्यो भन्ने लाग्थ्यो । तर मलाई सिकाइदिनु त परै जावोस्, पर बसेको हेरेको देखेर भन्ने गर्थे- 'तँ जान्दिनस्, के हेर्छेस्, तैंले जानेर पनि के गर्नु ?... मसँग भोक थियो, तर भोक लाग्यो भन्ने आवाज थिएन, प्यास थियो, तर त्यसलाई व्यक्त गर्ने कुनै माध्यम थिएन । जिन्दगी जसोतसो घिसि्ररह्यो... म प्याक्क मुख बाइदिन थालेँ । प्यास लाग्दा पानीको गाग्रो देखाउँथेँ, दिसा-पिसाब लाग्दा गुप्ताङ्ग देखाउँथेँ, कुनै कुरामा विमति जनाउन खुट्टो हल्लाउँथेँ । ...'

'म जब घाम डाँडामाथि आउँथ्यो, त्यो के होला भनेर हेरिरहन्थेँ । मान्छेहरू भन्थे- हेर घाम डाँडामाथि आइसक्यो । अनि म त्यो डाँडामाथिको घाम रहेछ भन्थेँ । त्यसलाई हेरेर भुइँमा सिन्काले लेख्थेँ- 'घाम' । जब रात पथ्र्याे, मान्छे भन्थे- 'रात परेपछि केही पनि देखिँदैन ।' म त्यो रात रहेछ भनेर छक्क परेर हेरिरहन्थेँ र सिकुवामा औंलाले लेख्थेँ- 'रात ।' '...ममा पनि आम बालबालिकाहरूको जस्तै हिँडेर परपरसम्म पुग्ने चाहना थियो । तर गोडाले भर दिएनन् । त्यसैले म घसि्रन थालेँ । घसि्रएर दुई-चार हात टाढा पुगे पनि मलाई नयाँ देश पुगेझैं रमाइलो लाग्थ्यो । ...अलि पर पुगेर नयाँ झारपात देख्नु, बटुल्नु, चुँड्नु मेरालागि नौला कुरा हुन्थे । त्यसभन्दा परको संसार देखेकी थिइन ।'

उनले आगो समातेपछि मात्रै 'आत्था' भनेको पोल्नुरहेछ भन्ने बुझिन् । यसरी मरिमेटेर बुझ्न शब्द बुझिन्, भाव बुझिन्, शब्द जोडेर वाक्य लेखिन् । भुइँमा, शीतको थोपाले ढुंगामा, भात खाने थालमा गोडाको औंलाले लेख्ने अभ्यास गरिन् । प्रत्येक अभ्यासमा गाली वा कुटाइ खाइन् । भुइँ कोरेर फोहोर पारी भनेर, शीत खेलाएर र छिटो भात नखाएर बदमासी गरी भनेर ।

उनी लेख्छिन्- 'मैले भुइँ पनि धेरै कोरेँ, शीतका थोपा पनि रित्याएँ, आफ्ना कलिला औंलाका छाला पटक-पटक उप्काएँ र रगत पनि छरछरी बग्यो । ...मान्छेहरू शीतलाई जूनको आँसु भन्छन्, मैले त्यही आँसुले अक्षर लेखेर जिन्दगीको नयाँ रंग भरेछु, नयाँ खाका कोरेछु ।'

झमक आफ्ना सबै काम गोडाका औंलाको भरमा गर्छिन्- खाने, दाँत मल्ने, लेख्ने आदि । मलाई यो पुस्तक नपढुन्जेल झमकले गोडाको औंलाले किताब लेख्छिन् भन्ने कुरा चमत्कारजस्तो लागेको थियो । तर त्यसभन्दा ठूलो चमत्कार हो- उनले कसरी अक्षर सिकिन्, शब्द सिकिन्, भाव सिकिन् र सबै कुराले सम्पन्न आजका नेपाली लेखकहरूमात्र होइन, संसारको कुनै पनि भाषाको लेखकका लाममा अग्रपंक्तिमा उभिन समर्थ भइन् । यो आज उनले यस पुस्तकमार्फत आफैंले आर्जन गरेको उपलब्धि हो र सानोतिनो उपलब्धि होइन । उनका अगाडि हामी कतिजना एक किसिमले 'सर्वसम्पन्न' सबलाङ्ग लेखकहरू लघुमानव भएका छौं ।

करिब अठ्ठाइस वर्षको उमेरमा यत्तिको किताब लेखिन्, जुन सम्भवतः उनको जस्तो अवस्थाको कुनै पनि व्यक्तिले लेख्नु भनेको चमत्कार हो । झमक प्रेरणा-साहित्यको लेखकका रूपमा नेपाली भाषा रहेसम्म अमर रहनेछन् ।

उनको संघर्ष, आँट, अठोट, सिक्ने र गर्ने क्षमता प्रत्येक मान्छेको लागि प्रेरणास्पद छ ।

झमक प्रगतिकामी र अग्रगामी परिवर्तनको पक्षधर हुन् । उनी रानीलाई भेट्न र आफूलाई प्रदर्शन गरेर सहयोग माग्न इन्कार गर्ने स्वाभिमानी हुन् । त्यसैले शाही सरकारले उनको महिनावारी एक हजार रुपियाँको भत्ता बन्दसमेत गर्‍यो ।

झमकमा अग्रगामी युगीन चेतना छ । उनले नेपालको लामो द्वन्द्वका घाउहरू छामेकी छन् । उनले सुराकी भनेर दुइटा खुट्टा र एक हात काटिएका नेपाली कांग्रेसका कार्यकर्ता भेटेर भन्छिन्- 'मान्छेले गरिखाने शरीरमाथि एउटा पक्षले मात्र होइन, दुवै पक्षले निर्दयी र नृशंस पाराले खेले । ...मान्छे मर्नु र कीराफटेङ्ग्रा एउटै कुरोजस्तो भयो...गणतन्त्रको अर्थ यही हो त ?'

झमकले यस पुस्तकमा लेखेका प्रत्येक शब्द अनुभवको आरनमा खारिएर निस्केका इस्पातका

टुक्रा हुन् । मैले झमकलाई देखेभेटेको छैन । उनले मलाई उनका पुस्तकहरू पठाएकी छन् र मैले उनलाई मेरा । pustakharumarfat हाम्रो संवाद भएको छ ।

दुई वर्ष रेमिसनमा रहेको -दबेर बिसेकजस्तै भएको) मेरो क्यान्सर गत पुसमा बल्झेर म सिकिस्त भएको समाचार छापिएको थियो । उनले मोबाइल संवाद पठाइन्- 'दादा, तपाईंलाई अहिले कस्तो छ ?'

म लगातारका किमो उपचारबाट दिक्क भएको थिएँ र निराशाजनक जवाफ दिएँ । उनले मलाई हाँक दिएर फेरि संवाद पठाइन्- 'मेरोजस्तो अवस्थामा पनि म निराश छैन, तपाईं किन निराश हुने ?'

झमक, म तिमीप्रति नतमस्तक छु । Read more...

Thursday, 19 August 2010

HEARTLY WELCOME to two more friends


Two more friends have already arrived to Goettingen for their master study. Mr. Bishal Ghimire is the M.Sc. 2nd year student under the SUFONAMA programme. He has successfully completed his first year of study in Bangor University, United Kingdom. Mr. Ghimire has served as the forest officer in Department of Forest, Nepal for many years. He used to be remember by users and staffs of the districts where he served (Parsa, Khotang, Dolkha) for his hard work, honesty and devotion to manage the forestry resources and uplift the livelihood of the rural community.

Similarly Miss Binita Shahi has just arrived to Goettingen for her M.Sc. study in Tropical and International Forestry (TIF) programme from Nepal. This is her second time in Goettingen. Before this, she was here for few months for training in 2008. She has well experience working with rural community, management of NTFPs etc. Before to come here, she has worked one of the remotest district of Nepal, Humla. She was very hardworking, result oriented and highly motivated forestry professional there.
We would like to heartly welcome both of them and we wish all the pleasure and success in their stay here in Goettingen! Read more...

Wednesday, 18 August 2010

Support to Flood Victims in Pakistan



GöNeS (Goettingen Nepalese Society) would like to ask you to join us for supporting to the flood victims of Pakistan. Small helps from ourside, can be a great support to the needy people! Therefore, we tried to collect few euros from our members and send it to Pakistan. we will transparently try to handle this support and put the name and amount of the donor in this web.
Upto now, the donors agreed to contribute are:

  • Netra Bhandari and family
  • Dev Raj Gautam and family
  • Rajendra K.C. and family
  • Hem Raj Bist and family
  • Anju Upadhayaya and family
  • Bharat Budthapa and family
  • Rosan Devkota and family
  • Binita Shahi
  • Rest are coming....
Any amount of money is gratefully accepted and appreciated ! Read more...

Tuesday, 10 August 2010

WELCOME to EVERYBODY in BBQ

There is the Summer Barbeque organised by GöNeS members at following venue, so would like to invite all of its members to participate in the programme ! There are separate provisions for all according to their individual choices! Meat from swine to chicken and lamb, vegetarian items, all are available on buffet system! Please donot miss the chance to share the typical BBQ tastes with lots of funs !

  • Date : 10 August, 2010, Tuesday!
  • Venue: Side of the Golf-course playing ground near to ATW.
  • Time: 6:30 - 9:00
Read more...

Tuesday, 3 August 2010

Heart touching real story of poor nepalese woman:

This is a heart touching, blasting real story of an innocent and poor Nepalese woman, who was ill treated and transferred HIV aids from her husband, knowingly. How cruel and selfish can a person be?! For few minutes happiness of her husband, she agreed to take risk of her life, and she was now HIV positive! Source: Himal Khabar Patrika

'नाइ' भन्न सिकौं
मरेपछि तँ किन बाँच्नुपर्यो?
म ३० वर्षकी भएँ। तीन छोराछोरीसँग कञ्चनपुरको एउटा गाउँमा बस्छु। मैले घरमा छोरी भएर, बिहेपछि श्रीमती भएर हुन्छ र हवस् भन्न मात्र सिकेँ। श्रीमान बितेको अहिले दश वर्ष भयो। अचेल बल्ल पछुतो मान्दैछु, मन नपरेको र चित्त नबुझ्ेको कुरामा नाइँ नभनेर मैले ठूलो गल्ती गरेछु।

२०५२ सालमा बिहे भयो। केटा कस्ता थिए, के गर्थे मलाई केही थाहा थिएन। बाबुआमाले जो खोजिदिए, उसैसँग बिहे गरेँ। नाइँनास्तिको त कुरै छोडौं, केटो कस्तो लाग्यो भनेर पनि मलाई कसैले सोधेनन्। कमाउनका लागि भनेर बिहे भएको दुई-चार महिनामै श्रीमान मुग्लान पसे।

श्रीमान भारतमै हुँदा पहिलो छोरो जन्मियो। त्यसको केहीपछि उनी घर आएर बसे अनि उतै फर्के। म दुईजीउकी भएँ। दोस्रो सन्तानको रूपमा छोरी जन्मिइन्। परिवार बढ्दै गयो। जति दुःख गर्दा पनि खान-लाउन धौ-धौ थियो। तैपनि एकदिन श्रीमान फर्केलान् र दुःख बाँडौंला भन्ने सोच थियो।

श्रीमान एक दुई वर्षमा आउँथे र मेरो पेटमा अर्को बीउ रोपेर फर्कन्थे। दुईजना बच्चा भए; अब पुग्यो भनेर मैले कहिल्यै भन्न सकिनँ। उनी जसो भन्थे मैले मान्दै गएँ। श्रीमानको खुसीले एक दिन घरमा सुख ल्याउला भन्ने आश थियो।

एकदिन अचानक श्रीमान बिरामी भएको खबर आयो। जसोतसो पैसा जुटाएर भारत पुगेँ। डाक्टरकहाँ जँचाउन लगेँ। उनलाई त कहिल्यै निको नहुने एचआईभीले पो समातेछ! छाँगाबाट खसे झ्ैं भयो। रगत जाँच्दा ममा चाहिँ एचआईभी देखिएन। एकपटक त दुवैजना आत्महत्या गर्न भनेर पनि कसियौं; तर फेरि केटाकेटीको अनुहार सम्झ्ेर उनलाई घरमा लिएर आएँ।
एचआईभीको कुरा अलि-अलि सुनिसकेकीले घर फर्कंदा कण्डम लिएर गएँ। उनी कण्डम लगाउन मान्दैनथे तर छोराछोरीकै लागि भए पनि बाँच्नुपर्छ भन्दै म उनलाई मनाउँथेँ। उनलाई रोगले अझ् च्याप्दै ल्यायो। एक रात उनले भने “हेर! म अब धेरै बाँच्दिनँ जस्तो छ, मेरो अन्तिम इच्छा पुर्‍याइदे; एकपटक कण्डम नलाई गर्न दे।” आफूले परमेश्वर मानेको पतिले त्यसो भन्दा एकछिन त मेरो बोली नै बन्द भयो, केही भन्नै सकिनँ। तैपनि आँट जुटाएर भनेँ, “छोराछोरीको लागि त म बाँच्नै पर्‍यो नि, त्यसो नगरौं!” मैले पहिलो पटक उनको इच्छा विरुद्ध बोलेकी थिएँ। तर, उनलाई त्यो मन परेन। उनले ठाडै भने, “म मरेपछि तँ किन बाँच्नुपर्‍यो?” त्यसपछि उनले मसँग जबर्जस्ती गरे; आफ्नो इच्छा पुर्‍याए। म लाचार भएँ।

त्यो घटना भएको केही समयपछि नै उनी बिते। रगत जाँच गराउँदा थाहा भयो, मलाई एचआईभीले समातेछ। घरमा सासू-ससुराले नानाथरि आरोप लगाए। मैले नै उनका छोरालाई एचआईभी सारेको समेत भने र अन्त्यमा छोराछोरीसहित घरबाट निकालिदिए। अहिले म यिनै छोराछोरीसँग बस्छु।

आज आएर श्रीमानसँग बिताएको जीवन सम्झ्ँदा लाग्छ, त्यतिबेला नाइँ भन्न सकेको भए मेरो जिन्दगी नै फरक हुने रहेछ! हामी महिलाले श्रीमानले जसो भन्यो त्यसै गर्दा तत्कालका लागि त श्रीमान खुसी होलान् तर चाहिएको ठाउँमा नाइँ भन्न सके, हाम्रो आफ्नो जिन्दगी खुसी र सुखी हुने रहेछ। सुदूरपश्चिमका धेरै महिलाहरूले मैले जस्तै नाइँ भन्न सिकेका छैनन्। अचेल म आफू जस्तै एचआईभी सङ्क्रमितसँग मिलेर काम गरिरहेकी छु। उनीहरूलाई चित्त नबुझ्ेको कुरामा नाइँ भन्न सक्नुपर्छ भनेर सिकाउने कोशिश गर्दैछु। मेरो भोगाइले मलाई यही कुरा सिकाएको छ। त्यसैले, म सबै दिदीबहिनीहरूलाई भन्छु― नाइँ भन्न सिक्नुस्! Read more...